सोमबार, माघ ५ २०७७
काठमाडौं २०:०८
वासिङटन डिसी 09:23

पर्वतारोही तथा समाजसेवी पासाङ्गलाई कोलोराडोमा सम्मान गरिने

इनेप्लिज २०७२ माघ २८ गते ५:४१ मा प्रकाशित

pasang

फ्रेबुअरी १० , २०१६
कोलोराडो
नेसनल ज्योग्राफीले प्रदानगर्ने “पिपुल्स च्वाईस एडभेन्चरर् अफ द एयर २०१६” जित्न सफल साहसिक पर्वतारोही तथा समाजसेवी पासाङ्गल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान गरिने भएको छ ।
उहांको साहसिक क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको भन्दै कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको आयोजनामा आगामी फ्रेबु्रअरी १३ शनिबारका दिन गरेको एक समारोहका बिच सम्मान गर्न लागिएको हो ।
डेन्भर स्थित याक एण्ड यती रेष्टुरेन्टमा बिहान ११ बजे देखि सुरु हुने कार्यक्रकमा सहभागी भई उहा“लाई थप हौसला प्रदान गर्न आयोजक संस्थाले कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, ब्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य सबैलाई आग्रह गरेको छ ।
पन्ध्र बर्षको कलिलो उमेरमा बाबु आमा गुमाएकी सोलखुम्बु निवासी ३१ बर्षिया पासाङ्गले १९ बर्षको उमेर देखिनै पर्वतारोहण सुरु गरेकी थिईन् । सगरमाथा, केटु हिमालको सफलताका साथ आरोहण गरिसकेकी उनी नेपालको पहिलो महिला पर्वतारोही प्रशिक्षक समेत हुन् । पर्वतारोहण संगै समाज सेवामा पनि त्यत्तीकै सकृय पासाङ्ग विश्वकै एक नमुना महिला बन्न सफल भएकी छन् ।

(पुनश्चः सहभागी सबैको लगि रेष्टुरेन्टमा १०.९५मा लन्च बफ

प्रतिक्रिया