जुन ‘प्रेमगीत’ बनोस्….

इनेप्लिज २०७२ माघ २८ गते २:४४ मा प्रकाशित

pradip-and-puja१७ वर्ष अमेरिका बसेर नेपाल फर्किएका नायक सरोज खनाल अहिले चलचित्र ‘प्रेमगीत’ मार्फत पुनः सिने क्षेत्रमा देखा परेका छन् । प्रेमगीतको प्रचार प्रसार गर्न उनी पूर्वमा छन् । यसैक्रममा खनाल शुक्रबार बिर्तामोड आइपुगे ।

खनालले ‘प्रेमगीत’मा लक्ष्मी गिरी, आफू र प्रदिप खड्काका तीन पुस्ताको कथा समेटिएको भन्दै हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरे । उनले ‘प्रेमगीत’बाट आफू आशावादी रहेको पनि बताए । ‘चलचित्रको नाम प्रेमगीत भनिएपनि प्रेमको मात्र कुरा छैन, यसले जेनेरेसन ग्यापको कुरा पनि उठाएको छ,’  पत्रकार भेटघाटमा उनले भने, ‘अहिले बाबुछोरी सँगै बसेर नेपाली फिल्म हेर्न सकिँदैन, तर प्रेमगीत त्यस्तो छैन ।’

माघ २९ देखि देशका ६२ हलमा प्रदर्शन हुन लागेको प्रेमगीतमा नायक प्रदिप खड्काको शसक्त अभिनय छ । आफ्नो पाँच वर्षको मेहनतको फल भएकाले ‘प्रेमगीत’ले स्थापित गराउने विश्वास उनको छ । चलचित्रमा केटा (प्रेम) र केटी (गीत) को कथा समेटिएको उनले बताए । उनले भने, ‘यो चलचित्रले नेपाली चलचित्र राम्रा हुँदैनन् भन्ने दर्शकको कन्सेप्ट हटाउँछ ।’

चलचित्र सुरु हुनु अगावै यसका गीत चर्चामा रहेकाले चलचित्रले राम्रो बजार पाउनेमा नायक खड्का विश्वस्त छन् ।

प्रतिक्रिया