शुक्रबार, असार ४ २०७८
काठमाडौं ११:५६
वासिङटन डिसी 02:11

सैनिक कारबाहीमा २७ को मृत्यु

इनेप्लिज २०७२ माघ २८ गते २:३१ मा प्रकाशित

afaganistan-1024x722काबुल, २८ माघ । अफगानिस्तानमा अफगान सुरक्षाबलले देशभरी तालिवान र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीविरुद्ध जारी राखेको कारबाहीको क्रममा २७ सशस्त्र तालिवानको मृत्यु भएको समाचार छ ।

पूर्वी पाक्टिका प्रान्तको गोमाल जिल्लामा लुकेर बसेका तालिवानविरुद्ध मङ्गलबार गरेको कारबाहीको क्रममा १७ तालिवानको मृत्यु भएको अफगानिस्तानको गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

त्यसैगरी नान्गार्हार प्रान्तको रोदात जिल्लामा भएको कारबाहीमा १० इस्लामिक स्टेटका लडाकू मारिएका बताइएको छ ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया