“निष्ठा र इमानको अवसान”
इनेप्लिज
२०७२ माघ २८ गते ०:२१ मा प्रकाशित
आहाँ ! बड़ी उदारता है परोपकार जो करे ,
वही मनुष्य है जो मनुष्य के लिए मरे ।
निवर्तमान प्रधानमन्त्री सुशील कोइराला आफ्नो नाम झै शान्त , नरम र शालीन थिए , उनी राजनीतिमा पूर्णत: समर्पित थिए । जीवनभरि काँग्रेसको राजनीति गरे ।बर्षदेखि अटकिएका राजनीतिक हलोलाई कुशलतापूर्वक निकालेर संविधान सम्म दिन सफल भएँ। मधेसवादीको असन्तुष्टिलाई सम्बोधन गर्न उनले तत्काल संशोधन प्रस्ताव दर्ता गराए । उनीहरूसंग निरन्तर छलफल र अन्तरक्रिया गरिरहे । आफ्नै प्रकृतिको कार्यशैली भएका कोइराला बाँकी असमझदारी अन्त्य गरी राजनीतिक मार्गप्रश्स्त गर्न सदा प्रयत्नशील थिए । पार्टीका केही प्रभावशाली नेतृत्व तथा देशी – विदेशी शक्तिको दवावमा परि उनले भद्र सहमति अवज्ञा गरी एमाले नेतृत्वलाई सत्ता हस्तान्तरण गरेनन । आफै प्रत्याशी बने । उनको अतिशय भद्रताको नाजायज फाईदा लिई उनको लब्धप्रतिष्ठालाई धूमिल बनाउने प्रयत्न भएको थियो त्यसबेला । आफ्नो पराजयलाई सहज लिएका थिए उनले र ओली सरकारलाई व्यक्तिगततर्फबाट पूर्णत सहयोग गरिरहेकै थिए भने पार्टी सभापतिको हैसियतें पनि सघाएकै थिए । कसैसंग नझुकी नेपालको हितमा संविधान जारी गरी यसलाई कार्यान्वयन गर्न चोखो मनले सधाउनु महत्वपूर्ण योगदान थियो उनको । चोखोपन , निस्वार्थता , सरलता, सहयोगीपन , निर्भयता तथा राष्ट्रभक्तको भावनाले भरिएको राजनेताका रूपमा युंगले सम्झिरहनेछ , उनलाई ।
उनको सादगी जिन्दगी , निष्ठा र इमानको राजनीतिबाट नयाँ पुस्ताले शिक्षा लिंए मात्र कोईरालाप्रति सच्चा श्रद्धान्जली दिएको ठहरने छ । दिबंगत आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पर्ण गर्दछु !
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया