बिहीबार, माघ १५ २०७७
काठमाडौं १३:४३
वासिङटन डिसी 02:58

गौरिकालाई पौडीमा रजत पदक

इनेप्लिज २०७२ माघ २७ गते १४:१८ मा प्रकाशित

गुवाहटी (भारत), २७ माघ । जारी १२औँ दक्षिण एसियाली खेलकुदमा नेपालले आज अर्को रजत जितेको छ ।

पौडीबाज गौरिका सिंहले २०० मिटर मेडलेतर्फ राष्ट्रिय कीर्तिमान राख्दै रजत पदक जितेकी हुन् । उनले सागमा अहिलेसम्म १ रजत र ३ कास्य पदक जितिसकेकी छिन् ।

सागमा नेपालका लागि चार पदक जित्ने उनी मात्र एक नेपाली खेलाडी हुन् । रजत पदक जितेपछि उत्साहित हुँदै गौरिकाले भनिन् – “म खुसी छु । अझै राम्रो तयारी गर्न सकेको भए नतिजा अझै राम्रो हुने थियो ।”

स्क्वासमा पनि कास्य

स्क्वासतर्फ महिलाको टिम इभेन्टमा आज नेपालले कास्य पदक पाएको छ ।

चार राष्ट्रको सहभागिता रहेको महिला टिम इभेन्टमा कुनै टिम इभेन्टमा जित हात पार्न नसके पनि दुई देशलाई दिने प्रावधानअनुसार सो कास्य नेपालले पाएको हो । भारत, श्रीलङ्का र पाकिस्तानसँग नेपाल समान ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया