आइतबार, माघ ११ २०७७
काठमाडौं ०६:००
वासिङटन डिसी 19:15

सभापति स्व सुशील कोइरालालाई संबिधान लेख्छ भनि अमेरिकीबासिले कलम उपहार दिएका थिए l

इनेप्लिज २०७२ माघ २७ गते २:१९ मा प्रकाशित

pen and sushil

नेपालको नया संबिधान जारि हुने मितिमा घोषणा हुन् नसकेकोले अमेरिकामा रहेका सम्पूर्ण नेपालीको तर्फ बाट डिसी महानगर क्षेत्र बाट नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधान मन्त्रि स्व सुशील कोइरालालाई संबिधान लेख्नु भनि कलम उपहार दिएका थिए l

हामी सबैलाई छोडेर सभापति स्व सुशील कोइराला कहिले नफर्कने गरि बिदा हुनु भएको छ l संबिधान बन्न झन्डै एक दशक लाग्यो l पटक पटक संबिधान तुहियो l तर पनि कांग्रेस सभापति कोइरालाले यो काम फत्ते गर्ने छन् भनि उत्तर अमेरिका कै नेपालीहरुको जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीको तर्फ बाट कलम उपहार दिइएको थियो l

सन् २०१०/२०११ मा म्यारिल्याण्डको एक पुस्तकालयमा भएको अन्तरक्रिया कार्यक्रममा तत्कालिन अध्यक्ष नगेन्द्र पौडेल ,सचिब मुक्ति दवाडी ,बिनय अर्याल तथा अन्य समितिका सदस्यले सयुक्त रुपमा संबिधान लेख्नु भनि सभापतिलाई कलम उपहार दिएका थिए l स्व सभापति कोइरालालाई अमेरिका पानी पधेरो जस्तै थियो l स्वाथ्य परिक्षणको लागि हरेक बर्ष अमेरिका आउनु पर्ने बाध्यता हुन्थ्यो l

राजनीतिमा अविरल रुपमा लागेका स्व कोइरालाले अमेरिकामा रहेका प्रवासी नेपाली संग सदैब भेटघाट गर्ने क्रमलाई भंग गर्नु भएन l सदैब सम्पर्कमा रहने , परदेशका समस्या गम्भीरता पुर्वक सुन्ने ,पहिचान गर्ने र नेपालका समस्या तथा भलाईको लाई विदेशमा रहेका नेपालीले दिएको सल्लाह र सुझाबलाई लिएर नेपाल फर्कनु हुन्थ्यो l

पूर्व प्रधान मन्त्रि स्व कोइराला आफुले संग ६ पटक भेटघाट गर्ने अवसर मिल्यो र संस्था संग आबद्ध भएकोले २ पटक कार्यक्रम संचालन गर्ने अवसर पनि मिल्यो l जन सम्पर्क समिति भर्जिनिया शाखाका तत्कालिन सभापति केशब बरालको अध्यक्ष कालमा गरिएको भेटघाट कार्यक्रममा आफुले संबिधान लेखनमा ढिलाई विषयमा सवाल गर्ने अवसर पाएको थिए l

अमेरिकाको भ्रमणमा सदैब स्व कोइरालाले ४ वटा मुख्य कुराहरु संस्मरण गराउनु हुन्थ्यो , प्रजातन्त्र ,बिपी कोइराला ,संबिधान लेखन तथा गैर आवासीय नेपालीको मूल नारा एक पटकको नेपाली सधैको नेपाली l प्रवासीको हरुको समस्यामा बढी चिन्तित देखिने स्व कोइराला एक पटकको नेपाली सधैको नेपाली नाराका अभियन्ताको भूमिका निर्वाह गर्नु भएको थियो l

र ,स्व कोइरालाले पछिल्लो समयमा बाल्टिमोरमा पनि वहाले गैर आवासीय नेपालीको मूल नारा एक पटकको नेपाली सधैको नेपाली भन्ने लाई उच्च प्राथमिकता साथ वकालत गरेको कुरा नेपाली जनसम्पर्क समिति भर्जिनियाका अध्यक्ष राम शरण हुमागाईले बताए l

sushil koirala

स्व कोइरालाले सन् २०१० मा पंक्तिकारको नाम तथा अमेरिका नेपाल सोसाइटीका तत्कालिन अध्यक्ष खेम भट्टचनको नाम लिदै क्षमा याचना माग्नु भएको थियो l वहा जस्तो ठुला मान्छेले माफ माग्नु पर्ने थिएन l यस बाट नै वहा कति महान नेता हुनु हुदो रहेछ भन्ने यकिन गर्न सकिन्छ l वहा अमेरिकाको डिसी महानगरमा आएको समयमा कार्यक्रम अमेरिका नेपाल सोसाइटी तथा अन्य संस्था को सयुक्त आयोजनामा कार्यक्रम गर्ने तय र स्व कोइराला संग अनुमति पनि लिई सुचना समेत जारी गरिएको थियो l

तर भोलि बिहान आयोजक अर्कैले गर्ने तय भयो l तत्कालिन अमेरिकाका लागि नेपाली राजदुत डा शंकर प्रसाद शर्माको अनुरोधमा  कार्यक्रम अन्य संस्थाले गर्यो l बाहिर देख्नेले कार्यक्रम गर्न पनि राजनीति हुदो रहेको देखियो l

अब वहा रहनु भएन ,तर वहाले गरेको त्याग ,तपस्या ,लगाब तथा राजनैतिक आस्था सबैको लागि प्रेरणाको श्रोत भएको छ l सादा जीवन उच्च विचारका धनि स्व सभापति कोइराला तुलनात्मक रुपमा नेपाल कै सबै भन्दा गरिब पूर्व प्रधान मन्त्रि मरिच मान सिंह कै अवस्थामा मै प्राण त्याग्नु पर्यो l पटक पटक गाठो परेको संबिधान लेख्छ भनि अमेरिकीबासिले कलम उपहार दिएका थिए l आखिर लेखेर नै देह त्याग्नु भो l सलाम सुशील दा !

हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको लागि श्रद्धा पुष्पाञ्जली समर्पण !

प्रतिक्रिया