मंगलबार, माघ १३ २०७७
काठमाडौं ०६:१८
वासिङटन डिसी 19:33

एक महान तथा अनुकरनिय व्यक्तित्व शुशिल कोइराला

इनेप्लिज २०७२ माघ २६ गते १४:१८ मा प्रकाशित

sushil koirala
शुशिल कोइराला नेपालको राजनैतिक इतिहासका एक महान व्यक्तित्व र अनुकरनिय व्यक्ति हुन् , उनको जस्तो सादगी पूर्ण जिन्दगिले संसारमा हरेक महान व्यक्तिलाइ बिना रबाफ बाच्न र योगदान दिन सिकाउछ /
नेपालको राजनैतिक इतिहाशमा कोइराला परिवार भित्रका बिपी , मात्रिका ,गिरिजा र शुशिल ४ जनाले नेपालको राजनीतिको केन्द्र भागमा उभ्याएर आफुलाई नेपाल तथा सिंगो बिस्वलाई परिचय दिन सफल भए /
क्रिश्न प्रसाद कोइरालाका ३ भाइ छोरा र उनकै कुलका र बीपीकै आदर्शमा र संनिकट्मा हुर्केका शुशिल कोइराला सहित ४ जना एउटै परिवारबाट विभिन्न कालखण्डमा नेपालको प्रधानमन्त्री भएबाट यो कुराको पुस्टि हुन्छ /बिपि स्वप्न् दर्स्टा हुनुहुन्थ्यो वहाकै नजिकमा रहेका शुशिल कोइराला बीपीको पदचापलाइ पछ्याउन चाहन्थे /त्यति बेला नै बीपीले नेहरु, माओ तथा अन्य मुलुक र समुदायबाट अन्तरास्ट्रिय नेताको मान्यता पाइसक्नु भएको अबस्थामा बीपीको त्यो छबि र बिरासत भित्र शुशिल् कोइरालाले आफुलाई पनि अगाडी बढाउने प्रयाश गरे /
प्रजातान्त्रिक आदर्श प्रतिको प्रतिबद्दताले उनलाई नेपालको जहानिया रानासासन र निरंकुश पंचायती ब्यबस्थालाइ उखेलेर फाल्न क्रान्तिकारिता को मुर्त आशाले उनलाई सधै डोराइ रह्यो / जहानिया राना सासनको अन्त्य आफ्नै परिवारको मुख्य भूमिकामा भएको सानै उमेरमा देखेका शुशिल चद्डो उमेरका दिनहरुमा उनलाई पंचायतको बिरुद्दमा लडाई लड्न प्रेरणा बन्यो / बिराट्नगर पटना प्लेन हाइज्याक देखि मजदुर र किशानको बिचमा संगठन निर्माण गरेर पार्टी शक्ति निर्माण गर्ने काम नगरेको भए क्रान्तिको बिगुल फुकिसकेको अवस्थामा परिस्थिति त्यति सहज हुने थिएन /
वहाको क्रान्ति प्रतिको अठोट ,आट, संघर्ष निकै प्रेरणा दायि छ ,/ प्रजातन्त्र प्राप्तिको समय प्रस्चात आफ्नै कुलका आदर्श गिरिजा प्रसाद कोइरालाका प्रमुख सल्लाहकार भएर काम गर्ने ताका भने वहालाई पार्टीलाइ गोप्य कोठरीमा संचालन गरेको र राजनीतिको सकुनी भनेर पार्टी भित्रबाट आलोचना नभएको होइन ४८ -६८. -२० बर्ष राजनीतिको केन्द्र भागमा रहेका गिरिजा प्रसाद कोइरालाका सन्निकट र प्रमुख सलाहकार हुदा मुलुक बर्बादीको दिशा उन्मुख हुदा खासै यो दिशाबाट बचाउन वहाको महत्वपुर्ण सहयोग र हस्तछेप हुन नसकेको कुरा घाम जत्तिकै छर्लंग भएता पनि राजा ज्ञानेन्द्रको कु पछि मुलुकले भिन्दै कोर्ष समात्न पुग्यो /
पछि त्यो कोर्षलाई निस्कर्ष्मा पुर्याउने मामलामा २०७२ सालको असौज ३ गते घोसना भै जारी भएको नेपालको संबिधान जारी गर्ने सन्दर्भमा विभिन्न शक्ति केन्द्रको प्रलोभनमा नपरेर तात्कालिन प्रधान मंत्रिको नाताले संबिधान जारि गर्न दृढ संकल्पित हुनु भयो यो नै नेपाली जनता र मुलुकको लागि सबै भन्दा ठुलो योगदान हो यो महत्वपुर्ण योगदानलाई मुलुक र जनताले कहिल्ले भुल्ने छैन वहाको यो महानतालाई , सादगीपनलाइ बुझेर नै हामि ढुक्क्साथ भन्न सक्छौ आदरणीय शुशिल कोइराला एक महान त्यागी र एक अनुकरनिय व्यक्तित्व हुनु हुन्छ /
नेपाली लोक, प्रजातान्त्रिक आन्दोलनको अबिस्रांत राज्योद्दा पुर्व प्रधान मन्त्रि तथा नेपालि कांग्रेसका सभापति आदरणीय शुशिल कोइरालाको निधनले हामि सबैलाई अपुरनिय छ्यति भएको महशुश गरेका छौ /वहा प्रति भाबपुर्ण स्रदान्जली !
(लेखक. नेपाली प्रवाशी मंच अमेरिकाका सचिवालय सदस्य हुन्हुन्छ)

प्रतिक्रिया