चर्चित कलाकार झलकको जन्मदिन बृद्ध आश्रममा
चर्चित कलाकार झलकको जन्मदिन बृद्ध आश्रममा – माघ-२५, संवाददाता/ जन्मदिन सबैलाई थाहा छ, हामि जन्मदिन बर्षमा एक दिन मनाउँछौ । त्यो पनि साथीभाई संग रमाइलो गरेर या त कतिपयले घुमघाम मै बिताउँछौ तर एउटा अचम्मको कुरा यो रहयो कि पछिल्लो पुस्ताका चर्चित गायक तथा संगीतकार झलक संगीतम् ले आफ्नो जन्म दिन बृद्ध आश्रममा मनाउँछन् प्रत्येक वर्ष । यो क्रम उनको १२ वर्ष लगातार भैसक्यो ।
यसै क्रममा यस वर्ष पनि उनले पशुपतिनाथको एक वृद्धाश्रममा २५० बृद्ध तथा बालबालिकालाई फलफुल तथा खाना खुवाई आफ्नो जन्मदिन मनाएका छन् । उनको यो कार्य देखे पछि पछिल्लो पुस्ताका सर्जकहरुले उनलाई बधाई दिने उहिरो लागेको छ । सधैं गम्भिर देखिने झलकको मन कमलो छ, गरिब निमुखाका निम्ति केहि गरौं भन्ने सोंच उनको सानै देखिको हो । प्रत्येक वर्ष केहि न केहि गर्दै आएका छन् यिनले । कलाकारितामा समाजसेवा लुकेको हुन्छ भन्ने प्रमाणित संगीतम् बाट प्रस्ट भएको छ । उनले देखाएको बाटोमा, आशा गरौं सम्पूर्ण कलाकारिता क्षेत्रका अग्रज तथा नयाँ पुस्ता पनि लागुन् ।
प्युठानमा जन्मेका झलक संगीतमको पछिल्लो समय भने म्युजिक कम्पनीको जिम्मेवारी सम्हाल्नु नै प्रमुख रहेको छ । झलक अहिले आलाप रेकर्डिड• स्टुडियोको प्रबन्ध निर्देशक छन् । झलकलाई लोक संस्कृति चाडपर्व अनि गीत संगीतले नै यो क्षेत्रमा लाग्न प्रेरित गरेको बताउछन् । आफू संगीतको त्यसमा पनि लोक गीतको माध्यमबाट आधुनिक गीतमा प्रवेश गरेको बताउँछन् । बिद्यार्थी जीवनबाटै लोक गीत गाउँदा गाउँदै आधुनिक संगीतमा लाग्न मन लागेको बताउने उनी त्यति बेलाको नजिकको साथीले एरेन्ज किबोर्ड किन्नुले पनि आफ्नो उक्त क्षेत्रमा तल्लिन बनाउने सशक्त माध्यम भएको उनले तर्क गर्दछन् । विभिन्न राष्टिय तथा अन्तराष्टिय अवार्ड समेत हात पार्न सफल उनी गीत संगीतै मस्त रहन चाहेको बताउछन् । उनका लोक दोहोरी तर्फ सोल्टिनीलाई बैना मारुकी, गहिरो फेवाताल, मुलको चिसो पानीले, कन्यादान, दहिको टीकाले, राख जमरा लगायत चर्चित एल्बम हुन् भने आधुनिक गीत तर्फ ‘तिमि थियौ र त आमा’, ‘बाँचुन्जेल नाम लिन गारो मान्छ मान्छे, मरे पछि लास हेर्न कात्रो तान्छ मान्छे’, तप्कन खोज्छ मोतिका दाना जस्ता चर्चित गीतहरू सहित ४५० गीतहरूमा संगीत समेत दिइसकेका छन् ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया