मंगलबार, असार १ २०७८
काठमाडौं १८:४४
वासिङटन डिसी 08:59

सवारी दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७२ माघ २६ गते १२:४२ मा प्रकाशित

Road Accidentइटहरी, २६ माघ । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकास्थित दुहवी बजारमा स्कुटर र ट्र्याक्टर जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गएराति भएको दुर्घटनामा स्कुटरमा यात्रारत शनिश्चरेपथरी नगरपालिका–१२ का २५ वर्षीय प्रविण कटवाल र विराटनगर उपमहानगरपालिका–१५ निवासी ३० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो ।

को४प ३३३६ नंको स्कुटर र को१त ५१११ नंको ट्र्याक्टर जुधेर गम्भीर घाइतेका कटवाल र श्रेष्ठलाई विराटनगरमा उपचारार्थ लैजाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया