आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:३०
वासिङटन डिसी 13:45

तीर्थयात्रु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

इनेप्लिज २०७२ माघ २५ गते ५:५० मा प्रकाशित

Road Accidentकावासोती, २५ माघ । माघे औँसीमा स्नान गर्न त्रिवेणीधाम आएको भारतीय तीर्थयात्रु बोकेको ट्र्याक्टर पल्टिँदा आज बिहान दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलरासीका प्रहरी निरीक्षक सुभास गैरेका अनुसार उत्तरप्रदेशको नेचरुनबाट आएको ट्र्याक्टर नवलपरासीको गुठीसूर्यपुरा–७ सूर्यपुरामा पल्टिँदा उत्तरप्रदेश सिमराकी ६० वर्षीया कर्मवलीदेवी गुप्ता र सोही ठाउँका १७ वर्षीय रमेश गुप्ताको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

औँसीमा स्नान गर्न स्वदेशी तथा विदेशी भक्तजन त्रिवेणी धाममा आउने गरेका छन् ।

त्यसैगरी कुडिया–६ स्थित महलबारीमा मुखबाट रगत बगेको अचेत अवस्थामा एक युवकलाई भेटेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल लगेकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

प्रतिक्रिया