मंगलबार, असार १ २०७८
काठमाडौं १८:०६
वासिङटन डिसी 08:21

पचास पटक भन्दा ज्यादा रक्तदान गर्नेलाई सम्मान गरिने

इनेप्लिज २०७२ माघ २३ गते २२:४० मा प्रकाशित

sann bda

बल्ड डोनर्स अफ अमेरिका (बिडीए) तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको (सान ) को सयुक्त आयोजनामा आगामी मे महिनाको स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा हुने ऐतिहासिक अधिवेसनमा ५० पटक सम्म अमेरिकामा रगत दान गर्ने रक्तदातालाई अमेरिकाको टेक्सासमा बिशेष व्यक्तित्व हरुबाट सम्मान गरिने भएको छ l

आगामी मे २७ देखि २९ सम्म टेक्सासको ड्य़ालस इर्विंगमा रक्तदान जीवन दान भन्ने मूल नाराका साथ सयुक्त रुपमा हुने बिबिध कार्यक्रममा पुरस्कृत गरिने संस्थाका अध्यक्ष डा लिला कार्कीले जानकारी दिएका छन् l यसै गरि यसलाई भव्यताको साथ सफल बनाउन सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको (सान ) कि अध्यक्ष मंजु संग्रौला अहोरात्र काम गरि रहेकी बताएकी छिन् l

र यसको साथै ५० पटक भन्दा ज्यादा रक्तदान दिने आफन्त ,नातेदार तथा साथीभाईहरु फेला पारेमा आयोजक बल्ड डोनर्स अफ अमेरिका (बिडीए) तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको (सान )लाई जानकरी गराउन आग्रह गरिएको छ l

प्रतिक्रिया