शुक्रबार, माघ ९ २०७७
काठमाडौं ००:१५
वासिङटन डिसी 13:30

१२औं सागः भारतमा नेपाली चेलीले जितिन पहिलो पदक

इनेप्लिज २०७२ माघ २३ गते १३:१४ मा प्रकाशित

jitu-and-rajesh-team-768x512

काठमाडौं, २३ माघ । शुक्रबारदेखि भारतमा सुरु भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली चेलीले पहिलो पदक जितेकी छिन् । भारोत्तोलन खेलाडी देवीकुमारी चौधरीले शनिबार भएको प्रतिस्पर्धामा नेपाललाई पहिलो पदक दिलाएकी हुन् । उनले ५३ केजी प्रतिस्पर्धामा कास्यपदक जितिन् । यसपालीको सागमा उनी पदक जित्ने पहिलो नेपाली पनि बनिन् । ३१ बर्षीय उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन् । पाँच खेलाडी सहभागी यस खेलमा उनले पाकिस्तान र बंगलादेशीलाई उछिनेकी हुन् । यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जिते । नेपालका तर्फबाट सागमा महिला भारोत्तोलन यसैवर्षबाट समावेश गरिएको हो ।

प्रतिक्रिया