आगलागीबाट ४० करोडको क्षति
इटहरी, २२ माघ । इटहरी उपमहानगरपालिका– १ स्थित मुख्य चोकको एक व्यापारिक भवनमा हिजो साँझ भएको आगलागीमा कम्तीमा रु ४० करोड मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीलाई प्राप्त विवरण अनुसार आगोले सबैभन्दा बढी व्यापारी श्याम पालको मात्रै रु २५ करोड मूल्य बराबर सामान नोक्सानी भएको छ ।
इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउनुभयो ।
आगलागीमा परी राजकुमार लिम्बुको पाँचतले व्यापारिक भवन ध्वस्त भएको छ । लिम्बुको घरसँगै जोडिएको कालीप्रसाद पोख्रेलेको घरमा पनि ठूलो नोक्सानी पुगेको छ । यी दुई घरको मात्र करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको बताइएको छ ।
आगलागीबाट कम्तीमा एकसयभन्दा बढी व्यापारिक पसलमा नोक्सानी पुगेको छ । दुई–तीन तलासमम्म आगो फैलिएको थियो । हिजो कोही पनि व्यापारी पसलमा नरहेकाले मानवीय नोक्सानी भने हुन पाएन ।
व्यापारीबाट विस्तारै नोक्सानीको विवरणसहित निवेदन आउन थालेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आगोलाई राति १०ः३० बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीय व्यापारीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाईँले बताउनुभयो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया