डिसीमा तामाङ समुदायको नयाँ वर्ष २८५२ औं “लोछार’ लाई भब्य सफल बनाउन आब्हान
डिसी महानगर क्षेत्रमा स्थापना भएको तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनका तामांग समुदायले हरेक बर्ष मनाउदै आएको तामांग नयाँ वर्ष २८५२ औं ‘ लोछार’ पर्व मनाउन भब्य तयारी भै रहेको जानकारी दिएको छ l यस बर्ष आगामी फेब्रुअरी १३ तारिखमा मनाउने मिति तय भै सकेको छ l ‘लो’ को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो।
डिसी महानगर क्षेत्र वर पर छरिएर रहेका तामांग समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदानप्रदान तथा खुसीयाली साटासाट गर्ने प्रचलन छ। र डिसी महानगर क्षेत्र वरपर रहेका नेपाली समुदाय सदस्यहरुको पनि बिशेष उपस्थित हुने छ l विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन्।
२८५२ ते ल्हो बादर बर्ष हो भने समुदायले मिठा मिठा खानाका परिकार पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ। डिसी महानगर क्षेत्रमा रहेका सबैलाई निमन्त्रणा संचार माध्यम बाट सकिएता पनि सामाजिक संजाल लगायत व्यक्तिगत रुपमा अनुरोध गरि कार्यक्रमलाई भव्यताको साथ मनाउने समेत योजना रहेको संस्थाका अध्यक्ष आनन्दु थिङ्ग लामाले बताए l
यसपालीको मुख्य आकर्षण भनेको पुजारी लामा छिरिङ्ग द्वारा पूजा अर्चनाको साथै आशिर्बाद दिईने ,र प्रसिद्ध दोहोरि गित गायक मिलन लामा तथा एकल गायक संजोक लामाले मनोरंजन प्रदान गर्ने भएको जानकारी डीग बहादुर तामाङ्गले दिनु भयो l
फेब्रुअरी १३ तारिख भर्जिनियाको वर्कमा साँझ ६ बजे देखि १२ बजे सम्म हुने जानकारी संस्थाकि महा सचिब रोजी घिसिङ्ग तामागले बताइन l अन्य थप जानकारी भएमा संचार माध्यम बाट गराउने बताईएको छ l अध्यक्ष आनन्दुलामाले सबैलाई चुलो निम्तो यसै बाट पनि दिएको बताए l
कार्यक्रम स्थल र मिति :
Date: February 13, 2016
Time: 6:00 PM – 12:00 PM
Venue: 9501 Old Burke Lake Rd, Burke, VA 22015
Tamang Society of Greater Washington (TSGW)
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया