आइतबार, माघ ४ २०७७
काठमाडौं १२:०७
वासिङटन डिसी 01:22

तेक्वान्दो प्रशिक्षक श्रेष्ठ युएस खुला प्रतिष्पर्धामा एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायकमा छनौट

इनेप्लिज २०७२ माघ १९ गते २३:५५ मा प्रकाशित

dinesh 1

अमेरिकाको नभाडामा आज फेब्रुअरी २ देखि ७ सम्म हुने खुला युएस प्रतियोगिताको लागि एक मात्र नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ आधिकारिक अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्न अमेरिका आई पुगेका छन् l

तेक्वान्दो गुरु श्रेष्ठ यसरि अमेरिकामा भै रहेको खुला प्रतियोगितामा विश्वका अन्य देशबाट पचास जना निर्णायक मध्ये छनौटमा एक मात्र नेपाली निर्णायकमा परेका हुन् l

यो खुला प्रतियोगिताको लागि बिश्व भर बाट झन्डै दुई हजार भन्दा ज्यादा खेलाडीको साथै एक सय देश बाट सहभागिता रहने जानकारी एवरेस्ट वोर्ल्ड क्लास तेक्वान्दो एकडेमीका संचालक तथा प्रशिक्षक कुमार कार्कीले बताए l यसको साथै मास्टर दिनेश श्रेष्ठ अन्य २ वटा प्रतियोगितामा आधिकारिक अन्तर्राष्ट्रिय निर्णायकमा समेत भाग लिने छन् l आगामी फेब्रुअरी २६ देखि २८ सम्म एवरेस्ट वोर्ल्ड क्लास तेक्वान्दो एकडेमीमा हुन् गइ रहेको तेक्वान्दो प्रशिक्षकहरुको पुम्से गोष्ठीमा सहभागिता जनाउनुको साथै मार्च २५ देखि २६ सम्म क्यालिफोर्नियामा हुने अमेरिकन खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिष्पर्धामा समेत अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् l

photo 2

यसै गरि अमेरिकाको भ्रमणमा रहेका मास्टर दिनेश श्रेष्ठले आगामी अप्रिल २१ देखि २२ सम्म डिसी महानगर क्षेत्रमा हुने नेसनल क्यापिटल खुला प्रतिष्पर्धामा समेत अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्ने भएको जानकारी दिएका छन् l गुरु दिनेश श्रेष्ठले यो नेपालीको लागि ठुलो सम्मान हो भन्दै आफुले प्राप्त गरेको यो अवसरलाई सहि सदुपयोग गर्ने र नेपालक खेलाडी तथा नेपालको लागि आफुले केहि गर्ने सोच बनाएको बताए l

photo 1

प्रतिक्रिया