देशबाहिरका नेपालीहरु कसरि हेर्दछन अहिलेको देशको मनोविज्ञान

इनेप्लिज २०७२ माघ १९ गते १९:३२ मा प्रकाशित

11535845_989068034446689_7672953248457461807_n

  नेपाली समाज अहिले गम्भीर तरल अवस्थामा नाचिरहेको छ । देशभित्रका युवा सकेसम्म देश छोड्न चाहन्छन भने बाबुआमा छोराछोरी देशबाहिर हुनुमा नै गर्व गर्छन आजभोलि । यता देशबाहिर बसिरहेको नेपाली ( खासगरी युवा ) सन्तुस्टी र असन्तुस्टीको दोसाँधमा बाँचिरहेको हुन्छ । नेपालको राजनीति र देशको प्रगति वा दुर्गतिप्रति त्यो वर्ग न त देशभित्र हुँदा सन्तुस्ट थियो न अहिले देश बाहिर हुँदा छ । आज अहिलेको समय र देशको अवस्थाप्रति अझ बढी आक्रोशित देखिन्छ किनकि उ देशभित्र हुँदा जति असन्तुस्ट थियो रोजगारी ,अवसर र सपनाको सहरमा पुगिसक्दा र ती अवसरहरुलाई हासिल गरिसक्दा पनि देशबाहिरको समुदायले कहिले आफुलाई त्यो देशको नागरिक महसुस गर्न सक्दैन । सधै कोलोनी र आउटसाइडर महसुस गर्छन परदेशीहरु विदेशमा चाहे जति नै आफ्ना उपलव्धि हासिल गरेका र राज्यको उच्च तहमा पुगेका हुन् । विस्वका सम्पन्न र सक्तिशाली देशका उच्च ओहोदामा पुगेपनि आफ्नो ओरिजिनले उसलाई झकझाकैरहेको हुन्छ प्रत्येक माइग्रेन्टहरुलाई ।
अहिले देशको बाध्यता वा वर्तमान विश्वपरिवेश भनौ अहिले कुनै पनि मुलुकको नागरिकले आफ्नो जन्मदेश छोड्नु पर्ने बाध्यता र आवश्यकता छ । नेपालको मात्रै नभएर यो विश्वका अविकसित र विकशोंमुख देशको मूल ट्रेन्ड नै हो । त्यहि सन्दर्भमा अहिले यौटा ट्रेन्ड आएको छ नेपालको सन्दर्भमा । देशबाहिर भएर पनि वा भनौ कर्म अर्को ठाउँमा भए पनि आफ्नै पुर्वदेशमा सामाजिक र केहि राजनैतिक अस्तित्त्व खोज्ने र अहिलेको गैर आवाशीय नेपाली संग र नया शक्तिको छलफल चलाउने र अलि केहि परोपकारी कार्यक्रम चलाउने वर्ग अहिले यो बाटोमा सक्रिय देखिन्छ। व्यक्तिको आ-आफनै स्वार्थ र सामाजिक अस्तित्व खोज्ने प्रयत्न देखिए पनि समग्रमा यो राज्य र नेपालीका लागि कल्याणकारी नै देखिन्छ ।
देशबाहिर नेपाली समुदायमा यौटा बहस छ । खासगरी नयाँ युवाप्रति र धेरै महत्वकान्क्षा बोकेर विदेसिएका नेपालका प्रोफेसनल मानिसहरु यो बहसमा सहभागी देखिन्छन नेपालको तिब्र परिवर्तनशिल राजनीतिप्रति । देशको अवस्था केहि सुध्रिए बिदेशमा दुखसुखले जम्मा गरेको रकम नेपालमा लगेर केहि पेसा गरेर बस्ने चाहना तिब्र भएको पाइन्छ । त्यसकारण त्यो समूह नेपाली समाजका प्रगति र पेशागत उन्नतिको बारेमा गहिरो जानकारी राख्न खोज्छन साथीभाइ र नातागोताबाट । प्राय समूह समुहमा छलफल भएको पाइन्छ नेपालमा पेशागत सम्भाव्यताबारे र लगानीका बारे पनि सम्भावनाको खोजि भैरहेको देखिन्छ आफ्नो पुंजीगत हैसियत् अनुसार । त्यो वर्गको विदेश बस्ने चाहना खासै देखिदैन र सामान्य दैनिकीमा त्यो समुहले बिदेशमा आफ्नो कुनै अस्तिव देख्दै देख्दैन बरु चरम निराशा र असंतुस्तिको बिचमा केहि अव्यवसथित जीवन बाँचिरहेका देखिन्छन भने केहि रुपमा परोपकारी भावना तिब्र भएको पाइन्छ । तेही सन्दर्भमा नेपालमा केहि परोपकारी कामहरु भएका छन् भने बिदेशमा पनि सामाजिक र सास्कृतिक गतिबिधिमार्फत राष्ट्रिय सम्पदाको र सस्कृतिको जगेर्ना भएको देखिन्छ ।
देशको अर्को यौटा ठुलो युवा विधार्थीको रुपमा संसारका विभिन्न मुलुकमा छरिएर बसेका छन् । त्यो वर्ग मा अझ बढी खासै राजनीति र अहिलेको देशको अवस्थाप्रति असन्तुस्ट समूह छ किनकि नेपालमा प्रयाप्त अवसर नपाएको र बिदेशमा राम्रो अवसर पाउँदा केहि गर्न सकिन्छ कि भन्ने सोचिरहेका हुन्छन अनि देशमा बिधिको साशन नभएको र बिदेशमा ‘ल एंड अर्डर ‘ अनुसार गरेकाहरुलाई नेपालमा अस्तव्यस्त समाजका कारण जीवन सहज हुदैन भन्ने निस्कर्षमा पुगेका देखिन्छन र तत्कालै राजनीति र नेताहरुले केहि गरि नै हाल्लन भन्ने कुनै पनि विस्वास देखिदैन । त्यसकारण उनीहरु बाँकि जीवन बिदेशमा नै व्यतित गर्ने सुर कसिरहेका देखिन्छन । तर नेपालीको रुपमा बिदेशमा बसेर पढ्ने हैसियत कमै नेपालीको छ त्यसकारण विदार्थीवर्गलाइ खर्चको जोहो गर्ने र आफ्नो स्टाटस कायम राखिराख्ने ध्याउन्नमा उनीहरु बढी समय खर्च गरेका देखिन्छन । अझ अमिरिका वा यूरोपतिरको उच्च शिक्षा निकै महँगो पनि भएकोले तेसैको व्यस्थापनमा र करियर निर्माणमा उनीहरुको समय व्यतित भएको पाइन्छ । विदार्थीवर्ग वर्तमान राजनीति पर्ति बढी आक्रोशित छ र सबैभन्दा बढी यो समूह देशप्रति बढी चिन्तित र आक्रोशित देखिन्छ । सामाजिक मिडियाहरुमा त्यो समुहबाट बढी आक्रोश र पिडा अविव्यक्त भएको पाइञ्छ ।
नेपालीहरुको साक्षर समुहको र केहि उच्च जनशक्तिको ठुलो हिस्सा खाडी मुलुकहरुमा सामान्य जीवन यापनको लागि संघर्ष गरिरहेको छ । अहिले त खाडी क्षेत्र राम्रो रोजगारीको ठाउँ हुन पुगेको छ नेपालीको लागि र केहि पेशागत रोजगारमा पनि संग्लग्न भएको पाइन्छ । त्यो क्षेत्रको समुदाय सामान्य दैनिकीको लागि संघर्ष गरिरहेको छ । नेपालको खर्चको व्यहभार अनुसार त्यहाँको आम्दानी अलि कम नै हुन आउँछ । लामो समय काम गरेका नेपाली युवाहरुको समुहले त्यहाँ गरेको दुख र बंचाएको केहि सेभिङ्गमा नेपालमा लघु उद्दम सुरु गरेको देखिन्छ तर सफल नभएका धेरै उदाहरणले त्यो समूह वध्यताबश फेरि खाडीमै फर्केर पुरानै वा नयाँ रोजगारीमा लागेको पाइन्छ । त्यहाँको समुदायमा पनि चरम निराशा छ अहिले र देशको अवस्थाप्रति ज्यादा चिन्ता छ । उनीहरुलाई देशको अवस्था केहि मात्र भए पनि ठिक भए नेपाल फर्कने र परिवारसंग संगै बस्ने चाहना देखिन्छ र त्यहाँ स्थाई बसोबासको त्यति सुबिधा नभएको खाडीमा स्थाई रुपले बसेका नेपाली त्यति छैनन् भने लामो बसाई गर्ने चाहना पनि राख्दैनन् । अझ नेपालको बिग्रदो स्थितिले बरु अलि सम्पन्न देशतिर जाने चाहना र अलि कमाईलाइ अलि बढी गर्न सके परिवारको व्यवस्थापन राम्रोसंग गर्न सकिन्थ्यो कि भन्ने तिब्र इच्छा देखिएको पाइन्छ र कतिपय नेपालीहरु त्यहाँबाट अरु देशतर्फ लागेको पनि पाइन्छ । त्यो समुदायको एक हिस्सा तिब्र निरासामा देखिन्छ भने अर्को हिस्सा ठिकै छ को सामान्य मनोविज्ञानबाट गुज्रिरहेको देखिन्छ । आजभोलि लामो समयको बसाईले त्यहाँ पनि भाषा साहित्य र सांस्कृतिक अभियानमा नेपाली समुदाय लागेको देखिन्छ । किनकि छोटो समयको लागि वा भनौ घरको वाध्यताले हिडेको समुदायले लामो समयको लागि नै अब यो हाम्रो गन्तव्य हो भन्ने कुरा राम्रो संग बुझिसकेको छ।
नेपालमा नयाँ शक्ति र नयाँ संविधानको बहससंगै देश बाहिर पनि त्यो बहसले स्पेस पाएको छ र त्यो बहसको सिर्जना गर्नेमा बिदेशमा लामो समय बिताएर नेपाल फर्किएका यौटा समूह नै सक्रिय नै भएकोले त्यसको प्रभाव देशबाहिर अलि बढी परेको हुन सक्छ तर द्यास्पोरा नेपाली नयाँ शक्तिको बहस गर्ने समूहप्रति त्यति विस्वस्त भने छैन किनभने नयाँ शक्तिको सुरुवातमा सबैले चिल्ला र मिठा नारा दिने गरेको र अन्तात्वग्त्वा त्यस्ता पार्टी र समूह पनि फोहोरी खेलमा भासिन पुगेको तितो यतार्थको अनुभव नेपाली समुदायसंग छ र डायस्पोरा नेपाली समुदायले पनि त्यो गतिबिधि गहिरो गरि अध्ययन गरिरहेको थियो र अहिले पनि गरिरहेको छ । यसमा अझ बढी बिकसित मुलुकमा बस्ने समुदाय रुचि दिईरहेको छ भने खाडी क्षेत्रको समुदाय मौन छ किनकि मिडिया गफ र प्रचारवाजिले नेपालमा सजिलै परिवर्तन भै नै हाल्ला भन्ने कुरामा उनीहरु कम विस्वस्त छन् ।
नेपालबाहिरको नेपाली समुदाय अहिले सुचनाको तीव्र प्रबाह त्यसले सिर्जना गर्ने राष्ट्रिय बहससंगै एउटा भावनात्मक र अस्तित्वको तिव्र खोजीले नेपाल र नेपालीका राजनैतिक ,सामाजिक ,आर्थिक र अन्य सम्भाव्य सम्भावनाको बहसमा केन्द्रित भएको छ. यहिबेला नै बिदेशमा राम्रो पेशागत हैसियत बनाएका नेपालीहरु महत्वाकांक्षा ,इच्छा र राज्यप्रतिको दायित्वले अभियानमा सरिक छ भने देशको अन्य अवस्थामा सुधार आए त्यो अभियानले सफलता पाउने सम्भावना देखिन्छ । देशको बागडोर सम्हालेका नेताहरुले त्यो अवसरले छोप्न सके बिदेशी नेपालीको मनोविज्ञान यौटा राष्ट्रिय अभियानमा परिवर्तन हुने सम्भावना एकदम छ। यो तप्का अहिले नयाँ संबिधान बने संगै यौटा सहज बाताबरण कुरेर बसिरहेको देखिन्छ भने यसले यौटा अभियानको रुप लिए संसारभरि छरिएर रहेका नेपाली सकारात्मक रुपमा प्रभावित हुने पक्कै छन् ।समग्रमा अस्तित्वको संकटबाट विभिन्न स्वरुपमा बांडीएर गुज्रिरहेको नेपाली समुदायको मनोविज्ञान राष्ट्रिय हितमा प्रयोग हुन सके देशका लागि कालान्तरसम्म यौटा सहि बाटो बन्न सक्छ।

प्रतिक्रिया