भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ: उपप्रम थापा
इनेप्लिज
२०७२ माघ १९ गते १४:२१ मा प्रकाशित
भीमदत्तनगर, १९ माघ । उपप्रधानमन्त्री कमल थापाले सरकारमा रहेका सबै दल एक ढिक्का भएर जनताको काममा लाग्नुपर्ने बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले फरक मत भएका राजनीतिक दलहरु मिलेर बनेको हुनाले वर्तमान सरकार नै सहमतिको सरकार भएको जिकिर गर्नुभयो ।
एक प्रसङ्गमा उहाँले भन्नुभयो, “भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ, वीरगन्ज र विराटनगर नाकामा धर्ना बसेकाका कारण सो नाकामा समस्या भएको छ ।”
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले स्थानीय निकायको चुनाव आगामी नयाँ वर्षको सुरुआतमै हुने विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनका लागि राजनीतिक दलबीच समझदारी हुन मात्रै बाँकी रहेको बताउनुभयो ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया