मोर्चाका नेता दिल्ली, विहार धाउनु दुःखद: उपप्रधानमन्त्री गच्छदार
विराटनगर, १९ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको नाउँमा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने कार्य गलत भएको बताउनुभएको छ ।
सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधानको संशोधनबाट नै सीमाङ्कनको मुद्दा सम्बोधन हुनसक्ने भए पनि मधेसी मोर्चाका नेताहरु दिल्ली र विहार धाइरहनु दुःखद् भएको टिप्पणी गर्नुभयो ।
मधेसी मोर्चाको मागअनुसार नै संविधानमा संशोधन पारित भइसकेको र सीमाङ्कनको मुद्दाका लागि नाकाबन्दी र बन्दहडताल जारी राख्नुको उचित नदेखिएको स्पष्ट पार्दै उहाँले शान्तिपूर्ण रुपमा दबाब दिन मधेसवादी दललाई आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री गच्छदारले जारी भएको संविधान संसारकै उत्कृष्ट संविधानमध्ये एक रहेको र यसले मधेसी, आदिवासी जनजाति, थारू, दलित र महिलाको हकअधिकार सुनिश्चित गरेको बताउनुभयो ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया