त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश
इलाम, १९ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनलमा भारत दार्जिलिङको शेर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लव अन्तिम चारमा पुगेको हो ।
आठौं मिनेटमै आर्मीका दीप लामाले पहिलो गोल गर्दै खाता खोलेका थिए । विपक्षी टीमको मजबुत रक्षापङतीलाई झुक्याउँदै लामाले मैदानको दायाँ किनाराबाट प्रहार गरेको गोलले सिधै जाली चुमेको थियो ।
आर्मीको त्यो अग्रता भने लामो समयसम्म टिक्न सकेन । आर्मीले गोल गरेको दुई मिनेट नबित्दै खेलको १० औं मिनेटमा दार्जिलिङका शैलेश शङ्करले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएपनि खेलको ६६ औं मिनेटमा भरत खवासले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । खेलमा त्यसपछि कुनै गोल भएन र आर्मीले खेल आफ्नो पक्षमा पा¥यो ।
बुधवारको पहिलो सेमिफाइनल खेल झापा–११ र रूपन्देही–११ बीच हुनेछ । प्रतियोगितामा विजेताले रु तीन लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार पुरस्कार पाउने माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङले बताउनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया