मंगलबार, असार १ २०७८
काठमाडौं १९:४२
वासिङटन डिसी 09:57

नेपाली चलचित्र क्लासिक “क्लासिक प्रोफाइल’ अभियान सामाजिक संजाल मार्फत’ व्यापक प्रचार

इनेप्लिज २०७२ माघ १९ गते २:४७ मा प्रकाशित

romi ghimire

आगामी माघ २९ गते तदनुसार फेब्रुअरी १२ तारिखमा प्रदर्शन हुने नेपाली चलचित्रले क्लासिकको व्यापक प्रचार तथा प्रसार होस् भनि हेतुले नया उपाय निकाल्न सफल भएको छ l

विश्व भर सबै भन्दा ज्यादा लोकप्रिय रहेको सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक )मार्फत नेपाली चलचित्र “क्लासिक”ले ‘क्लासिक प्रोफाइल’ अभियान सुरु गरेको छ । माघ २९ अर्थात् प्रणय दिवस को शुभ अवसरमा प्रदर्शन हुन लागेको यो चलचित्रले प्रचार अनुप्रयोग (प्रोमोशन एप्लीकेशन )बनाएको छ । जस मार्फत मुहार पुस्तिका (फेसबुक) प्रयोगकर्ता आफैले अनुहार किताबमा राखिएको तस्बिरलाई “क्लासिक प्रोफाइल”का रुपमा परिवर्तन गर्न सक्ने छन् ।

रिलनेपाल डटकम’को सहकार्यमा निर्माण गरिएको उक्त एप्लीकेशन(अनुप्रयोग ) मार्फत मुहार पुस्तिका परिचय परिवर्तन गर्न http://app.reelnepal.com/ मा गै नेपाली झन्डा तथा फ्रान्समा आतंकबादी आक्रमण पछि संसारभरि आफ्नो तस्बिरमा फ्रान्सको झन्डा राखे झैँ त्यसरी नै गएमा “क्लासिक प्रोफाइल “देखिने छ ।

24779classic-profile-reelnepal

नेपाली चलचित्रलाई माया गर्ने दर्शक तथा नेपाली चलचित्र प्रेमीहरु मध्ये सबै भन्दा बढी “मन पराउने ,टिप्पणी र बाढ्ने,(लाइक,कमेन्ट र शेयर )गर्ने १० फेसबुक प्रयोगकर्ताले आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग रात्री भोजन सहित आकर्षक उपहार प्राप्त गर्ने जनाएको छ ।

दिनेश राउत द्वारा निर्देशित चलचित्र क्लासिक दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित छ l आर्यन सिग्देल र नम्रता श्रेष्ठको भुमिका रहेको चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन । यसै गरि ठुलो पर्दामा पहिलो पटक अभिनय गर्ने अवसर पाएकी विश्व कीर्तिमानी ,कलाकार रोमि घिमिरेले आफ्नो भूमिका निकै चुनौतीपूर्ण रहेको छ भन्दै दर्शकले पक्कै पनि नया स्वाद लिन पाउने कुरामा बिश्वस्त रहेको बताईन l

classis ap

किशोरी सुन्दरी प्रतियोगितामा बिजयी भएकी कलाकार रोमी घिमिरेले थुप्रै धाराबाहिकमा अभिनय गरिसकेता पनि यो चलचित्रमा अभिनय गर्न पाएकोमा धोको पुरा भएको बताईन l मैले दर्शकलाई पक्कै पनि निरासा बनाउने छैन भन्दै फेब्रुअरी १२ आउन केवल १० दिन रहेकोमा उल्टो गन्ति गनेर प्रतिक्षा गरि रहेको बताइन l

यसै गरि यस चलचित्रलाई नजिक बाट निहाली रहेका न्युयोर्कमा बसोबास गर्ने ७ पटक विश्व कीर्तिमान गर्न सफल तथा कलाकार रोहित तिमिल्सिनाले क्लासिक नेपाली चलचित्रलाई विश्व किर्तिमानमा पनि लैजान सकिने सम्भावना आफुले देखेको बताए l

classic aoo 2

नेपाली चलचित्र उद्योगको ईतिहासमा पहिलो पटक प्रचार अभियानका रुपमा रहेको ‘क्लासिक प्रोफाइल’ अभियानले नेपाली चलचित्रलाई माया गर्ने,हौसला दिने दर्शक र नेपाली चलचित्र बीचको आत्मियतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ | यो अभियान नेपाली चलचित्र क्लासिकले आफ्ना सम्पूर्ण दर्शकहरुका लागी आयोजना गरेको हो भने यो योजना माघ २९ गते सम्म लागु मात्र लागु हुनेछ ।

classic app 1

rohit timilsina

प्रतिक्रिया