अफगानिस्तानमा आत्मघाती आक्रमण
इनेप्लिज
२०७२ माघ १८ गते १३:२२ मा प्रकाशित
गजनी (अफगानिस्तान), १८, माघ । अफगानिस्तानको पूर्वीय प्रान्त गजनीमा सोमबार एक आत्मघाती आक्रमण भएको समाचार छ ।
गजनी प्रान्तको गिलान जिल्लामा भएको सो आक्रमणमा एकको मृत्यु हुनुको साथै अन्य सात सर्वसाधारणको घाइते भएका छन् । सो आत्मघाती आक्रमणमा परी आक्रमणकारी स्वयम्को मृत्यु भएको छ ।
गिलान जिल्लामा रहेको प्रहरीको प्रमुख कार्यालयमा सो आक्रमण भएको जनाइएको छ । घाइते हुनेहरुमा एक महिलासहित सातै जना सर्वसाधारण रहेका जनाइएको छ यस घटनाको विस्तृत विवरण प्राप्त नभएको र घटना अनुसन्धानरत रहेको जनाइएको छ ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया