नेपाल भारतसँग पराजित
काठमाडौँ, १८ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै समूह ‘डि’ को उपविजेताका रुपमा क्वार्टरफाइनमा प्रवेश गरेको छ ।
बङ्गलादेशस्थितको राजधानी ढाकास्थित शेर ए बङ्गला राष्ट्रिय रङ्गशालामा समूह चरणको अन्तिमा खेलमा नेपाल भारतसँग आज सात विकेटले पराजित भयो ।
त्यस्तै जारी प्रतियोगितामा भारत ६ अङ्क जोड्दै विजेताका रुपमा फाइनल प्रवेश गरेको छ । नेपाल भने ४ अङ्कका साथ उपविजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
सोह्र वर्षको अन्तरालमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेलै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको भारतले नेपालले दिएको १७० रनको चुनौतीलाई खेलको १८ दशमवल १ ओभरमा नै पूरा ग¥यो । भारतले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाउँदै नेपालको चुनौतीलाई पार गरेको हो । त्यस्तै नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाउँदै १६९ रन जोडेको थियो ।
भारतको जितमा रिशव पन्तले ७८ रनको योगदान दिए । चौबीस बल खेलेका पन्तले पाँच छक्का र नौ चौकाको मद्दतमा ७८ रन जोडेका हुन् । त्यस्तै इशान किसानले ५२ तथा सर्फराज खानले २१ रन जोडे । नेपालको लागि प्रेम तामाङले दुई विकेट लिए भने सन्दिप लामिछानेले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दिप सुनारले सर्वाधिक ३७ रनको योगदान दिए । त्यस्तै राजविर सिंहले ३५, आरिफ शेखले २६, योगेन्द्र सिंह कार्कीले ७, राजु रिजालले ६ तथा दिपेन्द्र सिंह ऐरीले १ रन जोडेका थिए ।
नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्ड विरुद्वको खेलमा आठ विकेटको जित हासिल गरेको थियो ।
त्यस्तै, भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेल न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । नेपालले अब समूह ‘ए’ को विजेता टोलीसँग खेल्नेछ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया