नेपाली समाज डेनमार्कले सिन्धुपाल्चोकमा स्कुल निर्माण गर्ने
इनेप्लिज
२०७२ माघ १७ गते ११:४९ मा प्रकाशित
डेनमार्क । नेपाली समाज डेनमार्कले विनाशकारी भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लामा स्कुल निर्माण गरिदिने भएको छ । समाजले बिभिन्न कार्यक्रममार्फत संकलन गरिएको रकमबाट सिन्धुपाल्चोकमा स्कुल निर्माण गरिदिन लागेको हो । यसका लागि समाजले आफ्ना प्रतिनिधी पठाएर निर्माणस्थलको अवलोकन गरिसकेको अध्यक्ष ईन्द्र सापकोटाले बताए । स्कुल निर्माणको लागि १० देखि १३ लाख सम्म खर्च गरिने उनले बताए । उनका अनुसार निर्माण कार्य आगामी चैत महिनाबाट सुरु हुनेछ । यसैबीच उक्त स्कुल निर्माणका लागि समाजले २०१६ को फेब्रुरी महिनामा सांगीतिक कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुले प्रस्तुतिहरू पस्किने तथा कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौला लगायतको पनि प्रस्तुति रहने कार्यक्रमकी संयोजक माया सुबेदीले बताइन् ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया