विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि…

इनेप्लिज २०७२ माघ १६ गते ४:०७ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, १६ माघ । पाँचथरको दक्षिणी गाविस यासोकमा रहेको सनराइज बोर्डिङ इङ्ग्लिस स्कुलमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि विद्यालय बन्द गरिएको छ ।

सुरुमा स–साना बिमिरा आई शरीर चिलाउने, ज्वरो आएर विद्यार्थी र शिक्षक विद्यालय आउनै नसकेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सूर्य लावतीले जानकारी दिनुभयो ।

यस्तो रोग देखिएपछि विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गर्दा छालामा हुने एलर्जी इमोटाइटिस जस्तो छालाको रोगको सङ्क्रमण देखिएको इलाका स्वास्थ्य चौकी यासोकका प्रमुख केदार खड्काले बताउनुभयो ।

यो रोगबाट नआत्तिकन घरमै आराम गर्दै बस्न आग्रह गर्दै उहाँले जाडोको समयमा बढी चिल्लो पिरो, अमिलो, माछा, मासु नखान खानपान, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभयो ।

प्रतिक्रिया