छोरीको जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

इनेप्लिज २०७२ माघ १६ गते ४:०५ मा प्रकाशित

काठमाडौँ, १६ माघ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेयलियाका उपाध्यक्ष राज थपलिया र उहाँकी श्रीमती प्रमिती (आचार्य) थपलियाले आफ्नो छोरी जस्मिनको जन्मदिनको अवसरमा एक विद्यालयलाई सहयोग रकम प्रदान गर्नुभएको छ ।

दुर्गम मानिने डोल्पाको पनि दुर्गम माथिल्लो डोल्पामा रहेको निसाल गाविस–१ साल्दाङस्थित ‘द स्लोली नेपाल फाउन्डेड’ नामक विद्यालयलाई उहाँहरुले रु दुई लाख ६० हजार १०१ सहयोग प्रदान गर्नुभएको हो ।

काठमाडौँमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा थपलिया दम्पतीका तर्फबाट उहाँहरुका आफन्त रवीन्द्र थेवे र सनम थेवेले विद्यालयका सञ्चालकलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

अति विकट क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छोरीको जन्मदिनको अवसरमा उहाँहरुले सो सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइयो ।

प्रतिक्रिया