आगलागीमा रु पाँच लाख बराबरको क्षति
इनरुवा, १६ माघ । सुनसरीको दुई वटा गाविसमा शुक्रबार मध्यरात आगलागी हुँदा रु पाँच लाख ५० हजार बराबरको क्षति भएको छ ।
जिल्लाको छिटहा गाविसमा बिजुली सर्ट भई बच्चालाल यादव र नरेश यादवको घरमा आगलागी हुँदा दुई वटा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, गरगहना जलेर पूर्णरुपमा नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सो आगलागीको स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी श्रीपुरजव्दी– ६ श्यामसुन्दर सदाको घरमा चिसोको बेला बालेको घुरबाट आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगलागीमा परेर सदाको चार वटा घर, दुई वटा गाईगोरु, १० वटा खसीबाख्रा, अन्नपात लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया