मंगलबार, माघ ६ २०७७
काठमाडौं ०४:३९
वासिङटन डिसी 17:54

सौन्दर्य सङ्घद्वारा भूकम्पपीडित विद्यार्थीलाई स्वीटर वितरण

इनेप्लिज २०७२ माघ १६ गते ३:५६ मा प्रकाशित

गोरखा, १६ माघ । गोरखाको सौन्दर्य कला व्यवसायी सङ्घले गोरखा नगरपालिका–८ स्थित ठिँगुरेस्वाँराको गोरखकाली प्राथमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा सङ्घकी अध्यक्ष सुकु रानाले भूकम्पपीडित ४७ विद्यार्थीलाई स्वीटर वितरण गर्नुभयो ।

साथै सङ्घका प्रतिनिधिले विद्यार्थीको कपाल काटेर सहयोग गरेका छन् ।
नगरपालिकाभित्र रहे पनि विद्यालयमा भौतिक संरचनाका साथै शैक्षिक सामग्रीको अभाव रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया