धुुर्मुसकै अगाडि सुन्तलीले पल शाहलाई आई लभ यु भनेपछि…(भिडियोसहित)
इनेप्लिज
२०७२ माघ १५ गते १२:३० मा प्रकाशित
काठमाडौं । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे रिलको मात्र होइनन् रियल लाइफका पनि जोडी हुन् । हाँस्य कलाकारको यो जोडी सामाजिक काममा होस् वा हाँस्य कार्यक्रममा सँगसँगै नै देखिन्छन् । तर, सुन्तलीले क्युट मोडल तथा नायक पल शाहलाई आई लभ यु भनेपछि उनी मख्खै परेका छन् । दिनेश थपलियाको गिती एल्बम सारांश २ मा समावेश भएको आई लभ यु बोलको गीतमा सुन्तली र पल एक साथ देखिएका हुन् । सिन्धुलीको विपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मुस) पनि देखिएका छन् । निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ । बसन्त सापकोटाको संगीत रहेको गीतको कारियोग्राफि कविराज गहतराजले गरेका हुन् । गीतको छाँयाकन सञ्जय लामाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् ।
हेर्नुस् भिडियो:
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
प्रतिक्रिया