स्थिति सहज नभएसम्म भारत भ्रमण गर्नु वाञ्छनीय हुँदैन: प्रधानमन्त्री
काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असहज स्थिति सहज नभएसम्म आफू छिमेकी मुलुक भारत भ्रमणमा जानु वाञ्छनीय नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विभिन्न दैनिक पत्रिकाका सम्पादक र वरिष्ठ पत्रकारसँगको छलफलमा प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे सोधिएको प्रश्नमा अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्थापनको असहजता अन्त्य भएपछि मात्रै भ्रमणमा जाने सङ्केत गर्नुभएको हो ।
उहाँले नेपाली काँग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गर्नुभयो । ‘‘संविधान बनाउँदा सहकार्य गरेको काँग्रेस यसको कार्यान्वयन गर्ने बेला सरकार बाहिर हुन हुँदैनथ्यो भन्दै अब काँग्रेस बाहिर हुँदैन सरकारमा आउँछ’’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल कसैको पनि बैरी नभएको उल्लेख गर्दै घोषणा नगरी भएको नाकाबन्दी घोषणा नगरी नै खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘मित्रभावमाथि म विश्वास गर्छु, मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ, यो नाकाबन्दी एक÷दुई दिनमै खुल्ने अपेक्षा गरेको छु ।’’
आपूर्ति व्यवस्थापनको असहजता आफू सरकारमा आउनु अघिदेखिकै समस्या भएको भन्दै उहाँले यस्तो समयमा पनि मुलुकलाई स्वाधीन र विकासशील बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विकास निर्माणका योजना र कामबारे मैले बोल्दा हावादारी भनिन्छ, के यस्तो बेलामा सरकार पासा खेलेर बस्ने ?’’
मुलुकमा पृथकतावादी चिन्तनको विकास भएको भन्दै उहाँले लोकतान्त्रिक मान्यताअनुसार मुलुकलाई अघि बढाउन आफू कटिबद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रमा हिंसात्मक कार्य स्वीकार्य हुँदैन, अब विकासमा लाग्नुपर्छ, हामीले समय खेर फाल्ने स्थिति छैन ।’’
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया