आयोजनाको काम चार महिना लम्बियो
इनेप्लिज
२०७२ माघ १२ गते ११:३३ मा प्रकाशित
पाँचथर, १२ माघ । नाकाबन्दीका कारण इन्धन आपूर्ति सहज नभएपछि हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको काम चार महिना लम्बिएको छ ।
जिल्लाको भारपा र याङ्नाम गाविसको सिमाना भएर बग्ने हेवा खोलाबाट निकाल्न लागिएको १६ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य चैत मसान्तसम्म सकिने भएको छ । आयोजना निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार मङ्सिर मसान्तसम्म आयोजनाको काम सक्ने लक्ष्य राखिए पनि इन्धन अभावका कारण समय लम्बिएको हो ।
“अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भएको छ” उहाँले भन्नुभयो । विसं २०६९ मङ्सिरदेखि सुरु गरिएको उक्त आयोजनाको लागत रु दुई अर्ब १६ करोड रहेको छ । निर्धारित समयामा काम सम्पन्न हुन नसक्दा थप रु आठ करोड लागत बढेको छ । “बैंकको ब्याजका कारण लागत बढेको हो” ढुङ्गानाले भन्नुभयो ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया