भारतले आज ६७औं गणतन्त्र दिवस मनाउँदै
काठमाडौं १२ माघ ।
भारतले आज आफ्नो ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । नयाँ दिल्लीमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाउन लागेको हो । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । अहिले केहीबेरमा औपचारिक कार्यक्रम शुरु गरिने जनाइएको छ । गणतन्त्र दिवस अबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विषेश सम्वोधन गर्दै हुनुहुन्छ । भारतमा गणतन्त्र दिवसअबसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी नयाँ दिल्लीलाई सात तहमा कडा सुरक्षाको व्यवस्थापन गरिएको छ । काठमाण्डुमा पनि भारतीय दुतावासले विषेश कार्यक्रम गर्दैछ ।
भारतका राष्ट्रपति भण्डारीको बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति प्रणव मुखर्जीलाई एक बधाई सन्देश पठाउनुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको छ । दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्ध आगामी वर्ष अझ सुदृढ हुने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ
यस्तै राष्ट्रपति भण्डारीले अस्ट्रेलियाको राष्ट्रिय दिवसका अवसरमा त्यहाँका गभर्नर जनरल सर पिटर कोसग्रोभलाई पनि बधाई सन्देश पठाउनुभएको छ । सन्देशमा उहाँले गभर्नर कोसग्रोभको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्ष अझ प्रगाढ हुँदै जाने विश्वास पनि उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया