सिने क्षेत्रमा संघर्षरत् नायिका खड्का

इनेप्लिज २०७२ माघ १२ गते ६:४५ मा प्रकाशित

Namina-Khakda-1-768x512

विराटनगर । रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै, चाहना लिएर मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा संघर्षरत नायिका हुन् नमिता खड्का । खड्का अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

अभिनयमा पोख्त नमिता सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनीप्रतिको आकर्षण पनि हो । सानै उमेरदेखि कलाकारितामा रुचि राख्ने नमिता अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न संघर्षरत छिन् । नमिताले भनिन्– अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

नमिता पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा केही सम्भावना बोकेकी नायिका हुन् । नमिताले नेपाली कलाकारिताको प्रशिक्षण लिएरै यस क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी भन्छिन्–‘कला क्षेत्रको प्रशिक्षण लिएर आउँने यहाँ थोरै मात्र छन् । यस क्षेत्रलाई बुझेर प्रवेश गरे गाह्रो हुने रहेनछ ।’ काठमाडौंमा बसेर नेपाली चलचित्रमा संघर्ष गरिरहेकी २२ वर्षिया नायिका नमिताले थुप्रै म्युजिक भिडियो, सट मूभि र चलचित्रमा समेत अभिनय

प्रतिक्रिया