राष्ट्रपतिय निर्वाचनले खस्किएको अमेरिकि अर्थतन्त्र​

इनेप्लिज २०७२ माघ ११ गते ६:४६ मा प्रकाशित

sanubabu silwal

अमेरिकि राष्ट्रपतिय निर्वाचन २०१६ को सर्गर्मि, तातो बहस, उम्मेद्वारहरु बिचको तिब्र मतभेद,बिस्वासको सकट र उम्मेद्वारहरुले अमेरिकि जनतालाइ पारिरहेको भ्रम, अमेरिकि जनताको चाहना र उम्मेदवारहरुको दोधारे अभिब्यक्तिले अमेरिकि अर्थतन्त्र नराम्ररि प्रभाबित हुदै गैरहेको छ। स्टक बजार नराम्ररि खस्किनु, रोजगार बजार प्रभाबित हुनु, लगानि कर्ताहरुमा नैरास्यता छाउनु र थप लगानिकर्ताहरु अन्यौलमा पर्नु, लबि गर्ने कर्पोरेट हाउस र ठुला कम्पनिहरुमा देखिएको धरमर अबस्था,तेल, पेट्रोलको मुल्य खस्किदै जादा उपभोक्ताहरुले लाभ लिन नसक्नु, अन्तरराष्ट्रिय क्षेत्रमा डलरको भाउ र स्थिरतामा उतारचढाब, नितिगत कुराहरुमा देखिएको शुन्यता, राष्ट्रपतिय चुनाबमा रिपब्लिकन तथा डेमोक्रेटिक दलका आकाक्षी उम्मेदवारहरुले जनताको ध्यान र उचित सामाजिक र जनजिबिकाको सबालमा उठाउन र बिस्वस्त तुल्याउन नसक्दा अमेरिका अहिले दोबाटोमा उभिएको ठिङगो मानिस जस्तो भएको छ। भन्नै नसकिने अबस्था छ, कस्को तालु र खप्पर बलियो हुने हो।

न त डेमोक्रेटिक न त रिपब्लिकन दल र उम्मेद्वारहरु नै बिस्वस्त र ढुक्क हुने स्थिति छ अहिले। बर्षाको भेल कता बग्ने हो थाहै छैन। अमेरिकि अर्थतन्त्र, जनजिबनमा देखिएको नैरस्यता, रोजगारि र लगानिमा देखिएको नैरस्यता, उतारचढाब र अमेरिकि युवा र काम गर्ने समुदायमा बढ्दै गैरहेको अल्छिपन, कामचोर प्रब्रिति र लागुऔषधको बढ्दो प्रयोग, थप लगानि र आम्दानिमा घट्दै गैरहेको शिथिलता अहिलेको चुनौति हो अमेरिकाको। शक्ति, स्रोत, क्षमता र नितिगत केन्द्रिकरणको आशाकेन्द्र, अमेरिकि सबिधानले प्रदान गरेको शक्तिसहितको पद राष्ट्रपतिको अनुहार, ब्यबहार र शैलिमा अड्किएको अमेरिकि मुलुक, समाज र जनता आउदो चुनाबमा जसले अन्तर्राष्टिय रुपमा सुरक्षा प्रदान गर्न सक्छ? जसले स्वास्थ्य बिमा र स्वास्थ्य हेरचाह गर्न सक्छ? जसले रोजगार र अर्थतन्त्र बलियो बनाउन सक्छ? जसले सामाजिक सुरक्षा सहुलियत र बिस्वसनिय बनाउन सक्छ? जसले तल्लो र मध्यम स्तरका ब्याक्ति एबम परिवारलाइ कर छुट दिन सक्छ? जसले भैपरि आउने अबस्थामा आर्थिक सुरक्षा दिन सक्छ? जसले मुलुकलाइ सर्बशक्तिमान कायमै राख्न सक्छ र जसले अमेरिकि स्वभिमान र सर्बश्रेष्ठतालाइ निरन्तरता दिन सक्छ उसैलाइ नै छनौट गर्न आतुर छन तर कुनौ उम्मेद्वारले बिस्वास जित्न नसकिरहेको र २ दलमा आन्तरिक प्रक्रियामा छानिने क्रममा कसले उछिट्याउने हुन र त्यसपछिको २ दलका उम्मेद्वारले कसरि आफुलाइ प्रस्तुत गर्ने हुन त्यो गर्भ मै छ अहिले सम्म। तर नेपालका हाम्रा प्रजातान्त्रिक नेता स्वर्गिय गणेशमानले भनेजस्तो काठमाण्डौका जनताहरु भेडा हुन भनेजस्तै अमेरिकि जनता पनि कम्ति भेडा छैनन कसलाइ टुप्पिमा पुर्याउने हुन राष्ट्रपतिमा।

प्रतिक्रिया