आइतबार, मंसिर १२ २०७८
काठमाडौं २०:५८
वासिङटन डिसी 10:13

‘लेडी भाईरस’मा यस्तो छ देवर भाउजुको सम्बन्ध (भिडियोसहित)

इनेप्लिज २०७२ माघ १० गते १८:१७ मा प्रकाशित

11903860_816449688451163_7731340987033595326_n

काठमाडौं । नारी संसारको सबैभन्दा महत्वपूर्ण हुन्छिन् । नारी धरती हुन् देवी सरस्वती हुन् । हाम्रो समाजमा भाउजुलाई आमा समान मान्छौं तर सबै भाउजु आमा समान बन्न सक्दैनन् । आफ्नै घर भत्काउने वा पारिवारिक सम्बन्धमा नकारात्मक बाटो रोज्ने काममा नारीको महत्वपूर्ण हात हुन जान्छ । पारिवार भित्र देवर भाउजुको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा यो छाटो चलचित्रले प्रष्ट पारेको छ । यहि आमाको विषयलाई समेटेर एउटा लघु चलचित्र ‘लेडी भाईरस’ बनाइएको छ । भाउजु पनि आमा जस्तै हो अनि सौतने सन्तान पनि पराई होइनन् । कोख फरक भएपनि रगत एउटै हो । जन्मँदैमा कोही पनि आफ्नो खुशीले कोख रोजेर जन्मिएको हुँदैन । यस्तै सन्देश बोकेको छ, ‘लेडी भाईरस’ ले । त्यस्तै भाउजु भएपछि देवर नन्दलाई आमा बनेर माया दिनु पर्दछ । अपमान र घृणा होइन । यहि सेरोफेरोमा घुमेको छ, लघु चलचित्र ‘लेडी भाईरस’ । लघु चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका हुन् भने लेखन पनि ‘घायल’कै रहेको छ । ‘लेडी भाईरस’लाई राम शरण उप्रेतिले खिचेका हुन् भने, युवराज खत्रीको सम्पादन रहेको छ । चलचित्रमा दिनेश थापा, राज यादव र रचना रायमाझीको अभिनय रहेको छ ।
हेर्नुस् भिडियोः –

 

प्रतिक्रिया