सोमबार, माघ ५ २०७७
काठमाडौं १९:००
वासिङटन डिसी 08:15

मोदीद्वारा ‘नेताजी’का बारेमा गोप्य रहेका कागजात सार्वजनिक

इनेप्लिज २०७२ माघ १० गते ३:१२ मा प्रकाशित

modiनयाँदिल्ली (भारत), १० माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शनिबार भारतीय स्वतन्त्रता सेनानी सुवासचन्द्र बोसको जीवनसँग सम्बन्धित एकसयवटा गोप्य कागजात सार्वजनिक गर्नुभएको छ ।

‘नेताजी’को उपनामद्वारा सम्बोधन गरिने भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी व्यक्तित्व बोस सन् १९४५, अगष्ट १८ पछि रहस्यपूर्ण तरिकाले बेपत्ता हुनुभएको थियो ।

उहाँको मृत्यु भएको थियो वा कसरी बेपत्ता हुनुभयोे भन्नेमा फरकफरक धारणा आउने गरेका छन् ।

नेताजीको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्रीद्वारा उहाँको सम्झनामा उच्च सम्मान व्यक्त गर्र्दै ै उहाँको जीवनको अन्तिम तथा रहस्यपूर्ण ‘बेपत्ता’ बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ उक्त घटनासँग सम्बन्धित एकसय दस्तावेज सार्वजनिक गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री मोदीले नेताजीलाई सम्झना गर्दैै शनिबार ट्विट गर्दै भन्नुभएको छ – “नेताजीको बहादुरी र राष्ट्रप्रेमले उहाँलाई भारतीयहरुले आगामी पुस्तौँ पुस्तासम्म पनि सम्झना गर्नेछन् भन्नुभएको छ ।

नेताजी सुवासचन्द्र बोसको जन्मोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा प्रम मोदीले नेताजीको जीवन सन्दर्भमा रहेका गोपनीय एकसय दस्तावेज शनिबारदेखि सार्वजनिक भएका बताउनुभयो ।

यसबाट भारतीयले नेताजीका बारेमा बुझ्न थप मद्दत पुग्ने उहाँले बताउनुभयो ।

उक्त अवसरमा नेताजीलाई सम्मान गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले बोस भारतीय स्वतन्त्रता सङ्ग्रामका एक महान् नायक हुनुहुन्थ्यो भन्नुभएको थियो ।

प्रतिक्रिया