बिहीबार, असार १० २०७८
काठमाडौं १८:२७
वासिङटन डिसी 08:42

अन्ततः संविधान संशोधन विधेयक पारित

इनेप्लिज २०७२ माघ १० गते ०:२१ मा प्रकाशित

Joj:yflksf ;+;bsf] a}7s :ylut ePkl5 a}7sxnaf6 aflx/ lg:sg]qmddf ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं, ९ माघ । आन्दोलनरत मधेसी मोर्चाको विरोधका बाबजुद नेपालको नयाँ संविधानको पहिलोपटक संशोधन गरिएको छ । घोषणा भएको चौथो महिनामै शनिबार व्यवस्थापिका संसदबाट बहुमतले संविधान संशोधन भएको हो । सरकारले दर्ता गरेको संशोधन प्रस्तावमा सहमति नभएपछि प्रमुख दलबीच कांग्रेस नेताद्वय फरमुल्लाह मन्सुर र मिनेन्द्र रिजालद्वारा दर्ता गरिएका प्रस्तावलाई पारित गरिएको हो । संविधान संशोधनका पक्षमा ४६८ सांसद उभिएका छन् । विपक्षमा ७ सांसद मात्रै देखिए । चार महिनादेखि मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दी अन्त्यका लागि संविधान संशोधन गरिएको हो । तर मधेसवादी दलले भने संशोधन अपुरो भन्दै नमान्ने घोषणा गरेका छन् ।

यस्तो संसदबाट पारित भएको संशोधन विधेयकः –

Sansad-650x433

प्रतिक्रिया