अमेरिकामा प्रहरी देख्दा मानिसको किन सात्तो जान्छ ?

इनेप्लिज २०७२ माघ ८ गते २३:३० मा प्रकाशित

BIJAY THAPA

प्रहरी संग डराउनुलाई अंग्रेजीमा पोलिसोफोबिया भनिन्छ l यो प्राय बोलिचालीको भाषा(स्लांग ) मा प्रयोग गरिन्छ l तर प्रहरी संग डराउनुलाई मनोबैज्ञानिक भाकामा एसटिनोमियाफोबिया ,ग्रिकमा एसटिनोमिया भनेको प्रहरी र फोबिया भनेको डर हुन्छ l

मानिसलाई आफुले गल्ति गरेको हो कि भन्ने अनुभूति भयो भने डर लाग्दछ l आफु कहि चुके कि भन्ने जस्तो लाग्यो भने पनि मन भित्र भय गढ़छ l डरले हजारौ कुराहरु मनमा खेल्दछ l अमेरिकामा पत्नी ,कानुन ,जागिर पछि अर्को डर प्रहरीको पनि त्यतिकै हुन्छ l अपर्झट प्रहरी आमने सामने भयो भने पनि झस्यांग हुइञ्छ l प्रहरीले केहि नगरे पनि एक प्रकारको डर भै रहन्छ l

अमेरिकामा यमराजले छोड्ला तर प्रहरीले छोड्दैनन l अमेरिकामा प्रहरीले मानिसले नबिराए दुख दिदैनन l नेपालमा पंचायत कालमा प्रहरी संग मानिस डराउने गर्थे l अहिले नेपालमा प्रहरी संग डराउदैनन् l मापासे गरि सवारी साधन चलाएको छ भने मात्र अहिले पनि नेपालमा प्रहरी संग मानिस भयभित हुन्छन l

अमेरिकामा मापासे गरेको छ भने सुरुवाल भिज्दछ l र मानिसले ठुलो दुख पाउदछ l कानुनी रुपमा उसका थुप्रै कुराहरु उथुल पुथुल हुन्छ l अमेरिकामा मनोबैज्ञानिक रुपले मानिस प्रहरी संग डराउदछन l भित्र एक प्रकारको भय भै रहन्छ l प्रहरीको काम अमन चयन कायम गर्ने र शान्ति सुरक्षा गर्ने भएता पनि प्रहरी यता उति घुम्दा कहिँ कतै आफुलाई त समात्न आएको हैन भनि मनमा चिसो पर्छ l

अमेरिका आएका अप्रवासीहरु अझ प्रहरी संग ज्यादा डराउदछ्न l थुप्रै कारणले उनीहरु भयभित हुन्छन l अमेरिकामा गैर कानुनी रुपमा बसेकाहरु प्रहरी देख्ता भित्र भित्रै डराउने गरेता पनि प्रहरीले अन्य देश जस्तो छापा मार्ने र स्वदेश फ़र्काउदैनन l

अमेरिकामा सवारी चालक अनुमति पत्र बिना पनि गैर कानुनी रुपमा बसेकाले सवारी साधन कुदाउने गर्छन l जब सम्म दुर्घटना या कानुन मिचिने कुनै घटना घट्दैन तब सम्म प्रहरीको कारवाहीमा परिदैन l जब कानुनको उल्लङ्घन हुन्छ त्यहाँ प्रहरी यमराज भन्दा पनि खतरा हुन्छन l प्रहरी बिक्दैनन l भ्रष्टाचार नहुनाले घुस दिन खोजे खोर भित्र जाकि दिन्छन l

अमेरिकामा किन प्रहरी संग ज्यादा को को डराउदछन त ?

अमेरिकन प्रहरी संग सबै भन्दा ज्यादा किसोर किसोरी डराउदछ्न l उमेरको कारण ज्यादा बदमासी गर्ने भएकोले कारवाहीमा उनीहरु पर्दछन l अमेरिकामा ज्यादा नियम र कानुन तोड्ने वर्ग अफ्रिकन अमेरिकन (अस्वेत)पनि भएकोले उनीहरु पनि प्रहरी संग डराउदछन l अर्को वर्ग ,बिभिन्न देशबाट आएर कागजात बनाएका अप्रवासीहरु प्रहरी संग निकै डराउदछ्न l किनभने प्रहरीको कारवाहीमा पर्यो भने जीवन भर मुल्य चुकाउनु पर्ने हुन्छ l र जीवन भर पछुताउनु पर्ने हुन्छ l आप्रवासीहरु ज्यादै सतर्क पनि हुन्छन l

आखिर प्रहरी संग किन यसरि डराउछन त ?

अमेरिकामा सबै भन्दा ठुलो भय मानिसलाई कानुन को हुन्छ l अमेरिकामा कानुनले घाटी अठ्याउने भएकोले मानिस प्रहरी देख्ने बित्तिकै सात्तो जान्छ l प्रहरी संग कति अख्तियार हुन्छ भन्ने प्रवासी ,अस्थाई आवासीय पत्र (हरियो पत्र )लिएका गैर कानुनी रुपमा बसोबास गर्ने तथा बिदेशी पढ्न बिद्यार्थीलाई ज्ञान हुदैन l प्रहरीलाई राज्यले निकै अधिकार प्रत्यायोजन गरेको हुन्छ l

लाखौ पैसा खर्च गरेर ,अनेकौ उपाय तथा ३३ कोटी देवता भाकेर अमेरिका भासिएकालाई प्रहरीले समाती अपराधी गतिबिधिमा जाकि दिए भने सर्वस्व डुब्ने हुनाले प्रहरी संग डराउछन l प्रहरी देखि ७ कोष टाडा बस्न चाहन्छन l र अमेरिकामा हजारौ नेपालीलाई पनि प्रहरीले स्वदेश फर्काएको कैयौ घटना समेत घटेको छ l

सबै भन्दा भय भनेको प्रहरीले कानुनी झमेला पारी स्वदेश देश फिर्ता गराई दिन्छ भने त्राहीमाम हुन्छन l एक पटक अमेरिका आए पछि स्वदेश फर्काउनु जस्तो जीवनमा दुखदायी क्षण केहि हुदैन भन्ने मान्यताले प्रहरी संग सात्तो जानु स्वाभाविक हुन्छ l अमेरिकाको नागरिकता प्राप्त नगरुन्जेल मानिस चैनले सुत्दैनन पनि l अमेरिका आउनुको उदेस्य नै स्थाई रुपमा यता बस्ने योजना बनाएकोले प्रहरी संग जुध्न र खरो कुरा गर्न चाहदैनन् l अमेरिकामा नागरिकता हातमा नआउन्जेल जीवन हत्केला भएको जस्तो हुन्छ l त्यो प्राप्त नगरुन्जेल जस्तै पिडा पनि खपेर पनि त्यो हासिल गर्न चाहन्छन l

राजमार्गमा सवारी साधन कुदाई रहेको छ भने पनि पछाडी ,दायाँ ,बायाँ तथा अगाडी प्रहरी छ भन्ने बित्तिकै मनोबैज्ञानिक रुपमा डर पस्छ l पछाडी बाट पछ्याएको र आवाज दिदै आएको छ भने पनि आफुलाई पछ्याएको जस्तो लागि डर लाग्छ l छर छिमेकि र यता उता प्रहरी सोध पुछ गर्न आएको छ भने पनि के भयो भन्ने डर पस्दछ l

अमेरिकामा प्रहरी समुदायका लागि मरी मेटदछन l राष्ट्रको सेवाको लागि पुरा समर्पित हुन्छन l उनीहरुलाई धेरै अख्तियार पनि प्रदान गरिएको हुन्छ l कारागारमा जाक्ने ,थुन्ने ,अपराधिक गतिबिधिमा मुस्ने तथा स्वदेश फिर्ता पठाई दिन्छ भन्ने डरको कारण अमेरिकामा प्रहरी देख्दा अझ प्रवासीहरुको सात्तो जान्छ l

प्रतिक्रिया