आइतबार, माघ ११ २०७७
काठमाडौं ०४:५५
वासिङटन डिसी 18:10

अष्ट्रेलियाबाट एकैसाथ सयौं विदेशी विद्यार्थी निष्काशित, यस्तो छ कारण

इनेप्लिज २०७२ माघ ८ गते २१:४५ मा प्रकाशित

austrliya

मेलबर्न, ७ माघ । वर्ष २०१६ को सुरुआतमै अष्ट्रेलियाले सयौं विदेशी विद्यार्थीलाई निष्काशित गरेको छ । अष्ट्रेलियाको अध्यागमन विभागले विभिन्न कारण देखाएर यो वर्षको पहिलो महिनाको २० दिन नपुग्दै सयौं विदेशी विद्यार्थीहरुलाई निष्काशित गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । भिसाका शर्तहरु पूरा नगरेको, पढाई भन्दा अन्य पेसामा ध्यान दिएको लगायतका कारण त्यहाँको अध्यागमन विभागले २९८ जना विदेशी विद्यार्थीहरुको भिसा रद्द गरी उनीहरुलाई फिर्ता पठाएको हो । अध्यागमन विभागको तथ्यांक अनुसार गत वर्ष मात्रै १० हजार ९४९ जना विदेशी विद्यार्थीहरुको भिसा रद्द गरिएको थियो । तीमध्ये ५२० जनाले विश्वविद्यालय र प्राविधिक कलजेहरुमा अध्ययन गरिरहेको बताए पनि अनुगमनका क्रममा उनीहरु ती कलेजमा भर्ना नै नभएको पाइएको थियो । यस्तै ९ जनाले अष्ट्रेलियामा अध्ययनका लागि बुझाइएका डकुमेन्टहरु नक्कली भएको पाइएको थियो । २० जनाले अध्यागमन विभागमा गलत विवरण पेश गरेका थिए भने २० जना विद्यार्थीलाई भने उनीहरुको स्वास्थ्यमा देखिएको संक्रमणका कारण भिसा रद्द गरी फिर्ता पठाइएको थियो । गत वर्ष अर्थात सन् २०१५ मा अघिल्लो वर्ष २०१४ को तुलनामा झण्डै ३० प्रतिशत बढी विद्यार्थीहरुको भिसा रद्द भएको छ । भिसा रद्द हुने विद्यार्थीहरुमा सबै भन्दा बढी चीनका रहेका छन् । त्यसपछि दक्षिण कोरिया, भियातनाम, थाइल्याण्ड र भारतका विद्यार्थीहरुका भिसा पनि बढी रद्द भएका छन् । अष्ट्रेलियामा अध्ययनका क्रममा अनुमति भन्दा बढी समय काम गर्ने, विश्वविद्यालय र कलेजका कक्षामा कम उपस्थित हुने, इनरोलिङ प्रोसेस, विमा, विद्यार्थीहरुले अध्ययनमा देखाउने प्रगति, अध्यागमनमा नियमित रुपमा आफ्नो विवरण नबुझाउने विद्यार्थीहरुका भिसा बढी रद्द भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया