मंगलबार, माघ ६ २०७७
काठमाडौं ०५:४७
वासिङटन डिसी 19:02

नेदरल्याण्ड्सबाट दुइ दिने माया गिती एल्वम ” संकल्प” सार्वजानिक, संकलित रकम बिध्यालयलाइ सहयोग

इनेप्लिज २०७२ माघ ८ गते २:०९ मा प्रकाशित
unnamed (2)
नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजानिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गीति एल्वम ” संकल्प” सार्वजानिक भएको हो ।

एल्वममा एउटा वियोगान्त प्रेम गित, २ संयोगान्त प्रेमगीतहरू र एक एक ओटा राष्टिय तथा आइटम गीत संलग्न रहेका छन् । विषेश गरेर सवै खाले गीतका पारखीहरुका लागि एकै एल्वममा भिन्न खालका गीतहरु राखिएको हो । गीतमा नेपाल ख्याती प्राप्त गायका गायिका क्रमश प्रमोद खरेल, बानिका प्रधान, भानुभक्त ढकाल, आलोक शर्माको स्वर रहेको छ । संकल्प गीति एल्वम विषेश गरेर डायस्पोरामा विक्री वितरण गरिने लक्ष्य लिइएको छ । विमोचन पश्चात युरोप, मध्य पुर्व, अस्ट्लियामा विक्री वितरण गरिने लक्ष्य रहेको छ । संकल्प गीति एल्वमको महत्वपुर्ण पक्ष भनेको यो सामाजिक परियोजना हो । यसबाट संकलित रकम नेपालको कुनै बिध्यालयको स्तरउन्नतीमा खर्च गरिने रचनाकार शालिका गौतमले बताएका छन् ।

संकल्पमा समावेस रहेको प्रमोद खरेलको स्वर रहेको दुई दिने माया लायौको म्युजिक भिडियो नेदरल्याण्ड्समा छायाँकन गरिएको छ जुन युट्युवमा सार्वजानिक भै सकेको छ । जस्को छायाँकन अर्पण पोखरेल, र अभिनयमा सुनिता बुढाथोकी, अनिष गिरी र रिक्सम पुन रहेका छन् ।

प्रतिक्रिया