आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:१६
वासिङटन डिसी 16:31

अमेरिकामा कस्तो जीवन वीमा किन्ने ?

इनेप्लिज २०७२ माघ ७ गते १९:५९ मा प्रकाशित

Me

आफ्नो जीवनको लागि र क्यै भैपरि आएको खण्डमा परिवारलाई आर्थिक संकट झेल्न नपरोस्, वालवच्चाको विचल्ली नहोस् भनेर जीवन वीमा गरिन्छ । अमेरिका जस्तो मुलुकमा जीवन वीमा नगर्ने अमेरिकनहरु कमै हुन्छन् । तर तेश्रो विश्ववाट आएका अन्य आप्रवासी झैं नेपालीहरुले पनि जीवन वीमामा कमै ध्यान दिएको पाइन्छ र यसको सही महत्व र परिचय नपाएको स्थिति आजको यथार्थ हो ।

हुन त आजकाल नेपालीहरु प्रसस्त संख्यामा जीवन वीमा एजेण्टको रुपमा स्थापित हुन थालेका छन् । तर यो क्षेत्रमा काम गर्न त्यति सहज नहुने हुनाले छोटो समयमा नै यो क्षेत्रवाट हराउनेहरु प्रसस्तै छन् । यथेष्ट ज्ञान र तालिमको अभावमा यो हुनु स्वाभाविक हो । राम्रो तालिम, ज्ञान र अनुभव नभएका एजेण्टहरुले सही सूचना दिन नसक्दा कतिपय मानिसहरुमा जीवन वीमा प्रति गुनासो र नकारात्मक भावना पनि देखिन्छ । यो पनि स्वाभाविक हो ।

जीवन वीमा अमेरिकामा अनिवार्य छैन । सम्भवत संसारमै कुनै पनि मुलुकमा अनिवार्य छैन । तर विचारणीय कुरा के छ भने जीवन वीमा आवश्वक छ । जरुरी छ ।

जीवन विमाको प्रिमियम उमेर र स्वास्थ्यको अवस्था र खानपानको आदत अर्थात् विशेष गरी धुम्रपान गर्ने र नगर्ने कस्तो हो सो अनुसार निर्धारण हुन्छ । त्यसो भए कस्तो जीवन विमा किन्ने त ? यो सवैले गर्ने जायज प्रश्न हो ।

जीवन विमा मूलत २ प्रकारको हुन्छ ।

१, टर्म अर्थात् आवधिक जीवन वीमा

२, होल लाइफ , युनिभर्सल लाइफ अर्थात् वाँचुन्जेलसम्मका लागि ।

टर्म लाइफ जीवन वीमा सस्तो हुन्छ । थोरै पैसामा धेरै ठूलो रकमको जीवन वीमा किन्न सकिन्छ ।

तर टर्म लाइफले जीवनभरिको लागि सुरक्षा दिन सक्दैन । सामान्यतः ८० वर्षपछि टर्म लाइफ जीवन वीमा किन्न सकिंदैन अथवा भनौं किन्न पाइन्न । तर कुन मानिस कति उमेरसम्म वाँच्छ, त्यो जान्न नसकिने हुनाले टर्म लाइफ जीवन वीमाले जीवनभरिको सुरक्षा दिन सक्दैन ।

१, यदि कसैको आवश्यकता निश्चित अवधिको लागि हो भने टर्म लाइफ जीवन वीमा अति उत्तम हो ।

२, यदि हाल आर्थिक अवस्थाले होल लाइफ जीवन वीमा किन्न सकिन्न भने भविष्यमा होल लाइफमा परिवर्तन गर्ने गरी हाललाई टर्म लाइफ जीवन विमा किन्नु वुद्धिमानी हुन्छ । तर भविष्यमा त्यो टर्म लाइफ जीवन विमा होल लाइफ वनाउन सकिन्छ सकिंदैन त्यो राम्ररी वुझ्नुपर्छ ।

३, यदि कसैलाई कुनै निश्चित अवधिपछि भविष्यको कुनै चिन्ता छैन भने पनि यो टर्म लाइफ जीवन विमा राम्रो हुन्छ ।

४, टर्म लाइफ जीवन वीमामा तिरेको पैसा वचत हुँदैन । वीमा गरेको अवधिभरिमा मृत्यु भएमा मात्र डेथ वेनिफिट अथवा क्षतिपूर्ति पाइने हो । वीमा गरेको अवधिपछि पनि जीवित भएको अवस्थामा जीवन वीमा पनि रहँदैन र एक पैसा पनि वचत हुँदैन ।

होल लाइफ जीवन वीमा टर्म लाइफ जीवन वीमा भन्दा महँगो हुन्छ । तर यो महँगो भए पनि मानिस जीवित छउन्जेल निरन्तरता दिन पाइने हुनाले यो जीवन वीमाको महत्व वढी छ ।

१, होल लाइफ जीवन वीमा मानिस जीवित छउन्जेल कायम राख्न सकिन्छ र जुनसुकै उमेरमा मृत्यु भएमा पनि डेथ विनिफिट अर्थात् क्षतिपूर्ति पाइन्छ ।

२, यसमा तिरेको प्रिमियको केही अँश खर्च भएर जान्छ र केही अँश वचत हुन्छ, जुन वचत भएको अँशले व्याज कमाएर भविष्यको लागि आवश्यक रकमको जोहो पनि हुन सक्छ ।

३, होल लाइफ जीवन विमामा युनिभर्सल लाइफ इन्श्योरेन्स पनि हुन्छ, जुन वीमा ग्राहकको आर्थिक अवस्था अनुसार अगाडि वढी रकम तिरेर पछि थोरै तिर्ने वा तिर्नै नपर्नै पनि वनाउन सकिन्छ । विमाको रकम पनि घटवढ गर्न सकिन्छ ।

४, आइआरएसको कोड अनुसार जीवन विमामा वढी पैसा तिरेर कर नलाग्ने आम्दानी ट्याक्स फ्रि रिटाएरमेण्टको योजना पनि गर्न सकिन्छ ।

५, जीवन वीमाको माध्यमवाट एजुकेशन प्लान अथवा कलेज फण्डको पनि योजना गर्न सकिन्छ ।

तर जीवन वीमा वेच्न आउने एजेण्ट टर्म लाइफ मात्र वेच्ने एजेण्ट छ भने उसले टर्म लाइफको मात्र वकालत गर्ने, टर्म लाइफ मात्र राम्रो भन्ने, होल लाइफ मात्र वेच्नेले होल लाइफ मात्र राम्रो भन्ने हुनाले किन्ने मानिसलाई निर्णय गर्न अप्ठ्यारो पर्ने गरेको पाइएको छ र आफ्नो आवश्यकता नवुझी जीवन विमा किनेर पछूतो मानेका मानिसहरु पनि भेटिएका छन् । तर यौटा कुरा निश्चित के हो भने जानेर वुझेर वा नजानेर नवुझेर जीवन वीमा लिए पनि कम्तीमा सुरक्षित त भइयो भन्ने मान्नु पर्छ । तर जानेर वुझेर आफ्नो आवश्यकता आर्थिक अवस्था र पारिवारिक स्थिति मूल्याँकन गरेर जीवन विमा किन्नु वुद्धिमानी हुन्छ र जीवन विमा किन्नु अघि सल्लाह लिने हो भने जीवन विमाको विषयको जानकारसँग मात्र सल्लाह लिनु राम्रो हो । सकिन्छ भने लिनु अघि रिसर्च गर्न सके मनलाई शान्ति पनि मिल्नेछ ।

(विशेष नोटः यो लेखका लेखक लाइफ इन्श्योरेन्स व्यवसायसँग सम्वन्धित छन् तर यो लेखले कुनै आर्थिक कम्पनी वा इन्श्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दैन । यो लेख जीवन वीमाको विषयमा सामान्य जानकारी हेतु प्रस्तुत गरिएको हो । यसमा दिइएका उदाहरण केवल उदाहरणका लागि हुन् । कति उमेरको मानिसको कति प्रिमियम हुन्छ भन्ने कुरा त्यो व्यक्तिको लिंग, उमेर, स्वास्थ्यको अवस्था तथा धुम्रपान गर्ने नगर्ने इत्यादिमा भर पर्दछ । विस्तृत निशुल्क जानकारीका लागि लेखकको इमेल वा फोनमा सम्पर्क गर्न सकिन्छ ।

Email: [email protected] . Phone: 703-587-0795)

 

प्रतिक्रिया