बिहीबार, माघ १५ २०७७
काठमाडौं ०४:३७
वासिङटन डिसी 17:52

अमेरिकी चुनावमा कडा प्रतिस्पर्धा

इनेप्लिज २०७२ माघ ७ गते १४:०१ मा प्रकाशित

mqdefault

वासिङटन डिसी, ७ माघ । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियान तपाईंलाई निकै रहस्यमय लागेको भए चुनावी नतिजाका बारेमा प्रक्षेपण गर्नेहरुभन्दा तपाईंमा सम्भवतः बढी ज्ञान हुन सक्छ । दुवै मुख्य राजनैतिक दलहरु राज्य स्तरमा आ–आफ्ना उम्मेदवार छनौट गर्ने अन्तिम चरणमा छन्, तर यही उम्मेदवार विजयी होला भन्ने ठोकुवा गर्न सकिने अवस्था अद्यापि छैन, र केबल अनुमानहरु मात्र भइरहेका छन् ।

फेब्रुअरी १ मा इवोआ राज्यमा हुने पहिलो मुख्य प्रतिस्पर्धाका बारेमा नै पूर्वानुमान गर्नु जोखिमपूर्ण हुनेछ, किनभने त्यहाँको नतिजा जनमतको साटो संगठनात्मक कौशलमा बढी निर्भर हुन्छ । रिपब्लीकन र डेमोक्रेटीक दुवै पार्टीका प्रतिस्पर्धीको मुख्य चासो नै समर्थकहरुबाट यथेष्ट मत प्राप्त हुन्छ वा हुँदैन भन्ने हो, त्यहाँ चिसोका कारण साँझपख कमै मात्र मानिसहरु मतदानमा सहभागी हुने सम्भावना छ ।

रिपब्लीकनका तर्फबाट टेड क्रुज र डोनाल्ड ट्रम्पबीच इवोआ र न्यू ह्याम्पसायर दुवै राज्यमा थोरै मतको अन्तरबाट मात्र जित–हारको टुङ्गो लाग्ने सम्भावना छ, जहाँ केही दिनभित्रै मतदान हुँदैछ । ट्रम्पले राष्ट्रिय चुनावी सर्भेक्षणमा निकै फराकिलो जित हासिल गर्ने सम्भावना देखाइरहेका भए पनि इवोआको संगठनमा उनको कति पकड छ भन्ने परीक्षण भइसकेको छैन । आफ्ना ज्यादाजसो समर्थकले यसअघिका कुनै पनि चुनावमा भाग नलिएका कारण ट्रम्पमाथि चुनौतीको पहाड छ ।

ट्रम्पको सफलता नै समयको परख गर्ने र उपस्थित जनमानसलाई खुशी पार्ने कौशलमा टिकेको छ । पछिल्ला राष्ट्रपतीय प्रतिस्पर्धाभन्दा यसपटकका मतदाताहरु बढी क्रोधी र भयभीत छन्, र ट्रम्प र क्रुज दुवैले मतदाताको यो मनोदशाबाट फाइदा लिने प्रयत्न गरिरहेका छन् । मन्द आर्थिक सुधार, सम्पत्ति र आयको असमानताको बढ्दो खाडल, तथा जातीय कारणबाट उत्पन्न बढ्दो असुरक्षा (खासगरी गोरा समुदायमा) को परिणामस्वरुप मतदाताको त्यो भावनालाई थप उद्वेलित बनाएको छ, र राजनीति बढी विस्फोटक बन्दैछ ।

खासगरी, ट्रम्पले सन् २०१० मा पन्पिएको जनस्तरको तिक्ततालाई नै पुनरावृत्ति गरेका छन्, टी पार्टी नामको रिपब्लीकन पार्टीभित्रको यो मौलिक अभियानले राष्ट्रपति बाराक ओबामाले अघि सारेका सन् २००८ को आर्थिक संकटका कारण टाट पल्टिएका बैंकहरुलाई रकम उपलब्ध गराउने र स्वास्थ्यसेवा सम्बन्धी महत्वाकांक्षी योजनाको बिरोध गरेको थियो । सन् २०१० को चुनावमा कंग्रेसमा बहुमत हासिल गरेको त्यही टी पार्टी पक्षधर उम्मेदवारहरुले घोषित प्रतिबद्धता बमोजिम ओबामाको स्वास्थ्य सुधार कार्यक्रमलाई रोक्न र केन्द्रीय बजेटमा कटौती गर्न असफल भए, जसका कारण रिपब्लीकनहरुको जनाधारमा गहिरो असर पारेको छ । त्यसकारण, रिपब्लीकन मतदाताहरुले वासिङटनका दागी व्यक्तिभन्दा फरक उम्मेदवारलाई रुचाउने सम्भावना छ ।

माध्यमिक तह वा त्योभन्दा कम पढेलेखेका आधाभन्दा बढी समर्थक मतदाता रहेका ट्रम्पले खासगरी जातीय पक्षपात र आप्रवासनको शत्रुताका बारेमा कडा वक्तव्य दिएका दिएका छन् । विगतको सफलतालाई नजिकबाट नियाली रहेका समर्थकहरु ट्रम्पको कार्यशैलीबाट सन्तुष्ट देखिन्छन् ।

आधाभन्दा बढी मतदाता माध्यमिक तह वा त्योभन्दा कम पढेलेखेका समर्थकहरु रहेका ट्रम्पले खासगरी जातीय पक्षपात र आप्रवासनको शत्रुताका बारेमा कडा वक्तव्य दिएका छन् । विगतको सफलतालाई नजिकबाट नियाली रहेका समर्थकहरु ट्रम्पको कार्यशैलीबाट सन्तुष्ट देखिन्छन्, किनभने अथाह सम्पत्तिका मालिक ट्रम्प आजसम्म भ्रष्ट रहेको कतै प्रमाण भेटिएको छैन । अर्को ध्यानमा राख्नुपर्ने कुरा के भने चुनावी मैदान नै विशाल छ र त्यसबाट उनले फाइदा लिन सक्ने प्रशस्त ठाउँ छ । अरु उम्मेदवारले नाम फिर्ता लिएपछि मैदानमा नयाँ परिस्थिति सिर्जना हुनेछ । सत्तामा रहिसकेका पुराना नेताहरु जस्तै फ्लोरिडाका गभर्नर जेब बुस वा न्यू जर्सीका गभर्नर क्रिस क्रिस्टीको प्रभाव बलियो रहेकोले इओवा र न्यू ह्याम्पसायरको मतदान पछि मात्र केही अड्कल लगाउन सकिने देखिन्छ ।

इओवाको रिपब्लीकन मतदाताहरुमाझ बलियो पकड राख्ने ठूलो संख्याका पुरातनवादी क्रिस्चियनहरुले अर्का उम्मेदवारलाई समर्थन गरेका थिए, उनी हुन् चर्चित न्यूरोसर्जन बेन कार्सन । हुनत कार्सन पहिलो चरणमै नीतिगत अस्पष्टताका कारण बिदा भइसकेका छन् तर क्रुज कडा प्रतिस्पर्धीका रुपमा अगाडि आएका छन् । टेक्ससबाट पहिलो पटक सिनेटरमा विजयी रहेका क्रुज चतुर, गम्भीर र कठोर शैलीका देखिन्छन् । विद्यमान राजनैतिक वातावरणमा, सिनेटका आफ्नै मित्रहरुको तिरस्कारको सामना उनले गर्नु परिरहेको छ । ओबामाको स्वास्थ्य नीतिको विरोध गर्ने र धार्मिक कट्टरताले भने उनलाई केही फाइदा पु¥याएको छ ।

रिपब्लीकनका तर्फबाट राष्ट्रपतिका जोकोही उम्मेदवारका पक्षमा खुलेर बुसले सघाउलान् भन्नेमा शंका पनि छ । बुसको नाम अब आकर्षणको केन्द्रमा छैन, र एकपटक राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धी भइसकेकाले जेब बुस पनि आठ वर्षदेखि राजनीतिबाट टाढा नै छन् । यसबाहेक, राष्ट्रिय उम्मेदवारले भिन्न किसिमबाट चर्को दबाब झेल्नु परेको छ । तथापि, बुसलाई नजरअन्दाज गर्न सकिन्न ।

चुनावी दौडमा रहेका फ्लोरिडाका सिनेटर मार्को रुबिओ त्यति प्रभावशाली ठानिएका छैनन् । तर, सिनेटमा रुबिओको कार्यशैली परख गरिसकेका मतदाताहरु बहसमा उनलाई ल्याउन चाहन्छन् । युवा प्रतिभा रुबिओले इरानको आणविक सम्झौता लगायतमा राखेको अडानले सिनेट रिपब्लीकनमा प्रभाव स्थापित गरेको थियो ।

रुबिओको मिठासयुक्त वाक्पटुता र हिस्पानिक विरासतले डेमोक्रेटहरुलाई अशांत बनाएको छ । तर यसपटक उनी परीक्षणको कठीन मोडमा छन्, र यहीबेला उनले केही गल्ती गरिसकेका छन् (खासगरी क्युबाली मामिलामा) ।

डेमोक्रेटिक उम्मेदवारतर्फ डेमोक्रेटिक सोसलिस्ट भनेर आफूलाई चिनाउने बर्नी स्यान्डरप्रति ठूलो समूहले विश्वास जनाएको पाइन्छ, खासगरी आर्थिक बेइन्साफीका मामिलामा उनको अडानलाई लिएर राम्रै चर्चा छ । विधानका पक्का, विश्वसनीय र स्वाभाविक पहिचान बोकेका स्यान्डरले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको सम्भावित अन्तिम उम्मेदवार हिलारी क्लिन्टनलाई नै कडा चुनौती दिइरहेका छन् । स्यान्डरले आफ्नो गृह राज्य भर्मनको छिमेकी न्यू ह्याम्पसायर राज्यमा अग्रता बनाइरहेका छन्, र इओवामा पनि राम्रो उपस्थिति दर्ज गरेका छन् ।

तैपनि, क्लिन्टनको संगठनात्मक बलियो पकड रहेको सन्दर्भमा पार्टीका तर्फबाट राष्ट्रपतिको अन्तिम चुनावी प्रतिस्पर्धामा कुनै नाटकीय र अनपेक्षित घटना नभए उनलाई रोक्ने सामथ्र्य सायद कसैसँग छैन । क्लिन्टनको सर्वाधिक ठूलो चुनौती नै मतदानका दिन मतदाताको उत्साहमा हुने कमी मात्र हो । यथार्थमा, घनीभूत चुनावी प्रतिस्पर्धामा सहभागी हुनुपर्ने मतदातासँग क्लिन्टनको निकटतामा हुने कमीकमजोरी नै मुख्य बाधक हो ।

प्रतिक्रिया