कोरियाली शिक्षकको नेपाली विद्यार्थी र विद्यालय मोह
काठमाडौं (आलापोट), ७ माघ । कोरियामा तीन दशकदेखि शिक्षक काम गर्दै आएका ली से जुङ नाथेश्वरी प्राथमिक विद्यालय पुग्न थालेको पाँच वर्ष भयो ।
काठमाडौँदेखि १७ किलोमिटर पूर्वको कागेश्वरी मनोहरा नगरपालिका आलापोटको यो विद्यालयमा हरेक वर्ष केही न केही शैक्षिक र खेल सामग्री लिएर पुग्दा उनलाई निकै आनन्द लाग्छ । यसवर्ष भने उनी कोरियन टिचर्स एण्ड एजुकेसन वर्कस युनियन चुङ नाम प्रान्तका १७ शिक्षक लिएर त्यहाँ पुगे ।
उनीहरुले दुई दिन त्यहीँ बसेर विद्यालयको भवनको रङ्रोगन गरे । कलिला जिज्ञासु विद्यार्थीलाई कला र मनोरञ्जनका सीप सिकाए । नेपाली बालबालिका, समाज र संस्कृतिबारे अध्ययन गरे । खेल र शैक्षिक सामग्री बाँडे । प्रायः सबै नगरकोटी थरका सो विद्यालयमा अहिले ६५ विद्यार्थी छन् ।
“हामीले केही दिन सकेका छैनौँ, बरु सानासाना विद्यार्थीसँग घुलमिल हुँदा धेरै कुरा सिकेका छौँ”–युनियनका टोली नेता जुङले भने । सबै शिक्षक भएकाले यहाँका विद्यार्थीको मनोभावना महसुस गर्न सकेको उनीहरुले बताए ।
कोरियन शिक्षकको टोलीले उक्त विद्यालयको एक तला ट्रसको भवन थपिदियो । शौचालय बनाइदियो । झ्याल, ढोका, खापासहितका पूर्वाधार मर्मत एवम् कम्पयुटरलगायत आवश्यक सामग्री थप ग¥यो ।
“सबै गरेर रु २३ लाख खर्च भएको छ, यो सबै कोरियन शिक्षकको युनियन र सहभागीले व्यहोरेका हुन्”–टोलीलाई आठ वर्षदेखि संयोजन गर्दै आइरहेका के टु समिट टे«क एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक सीरप जाङवु शेर्पाले रासससँग भन्नुभयो ।
सोही क्षेत्रका सांसद रामेश्वर फुयाँलले नेपाल र कोरियाको सम्बन्ध जनस्तरमा बढाउन यस्ता कार्य सहयोगी हुने भन्दै बुद्धको जन्मभूमि नेपालमा कोरियाली शिक्षकलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
“विद्यार्थीले शैक्षिक, खेल सामग्री तथा कला र मनोरञ्जनका सीप सिकेका छन, विद्यालयले आफ्नो स्वरुप फेर्न पाएको छ”–विद्यालयका प्रधानाध्यापक रामभक्त खड्काले कोरियाली शिक्षकको मनकारी सहयोगको प्रशंसा गर्दै भन्नुभयो । नेपालका आठ हजार मि अग्ला सबै हिमाल चढेका शेर्पाले अन्य हिमाल एवम् चुली पनि कैयौँपटक चढिसकेका छन् । उहाँको जुङसँग सन् २००२ मा ल्होत्से आरोहणमा भेट भएको थियो । सन् २००६ मा उहाँहरुले सँगै सगरमाथा चढ्नुभयो ।
कोरियन शिक्षकको सो युनियनमा आबद्ध शिक्षक हरेक वर्ष हिउँदको एक महिने बिदामा नेपाल भ्रमणमा आउँछन् । लाङटाङ, अन्नपूर्ण, सगरमाथातिर पदयात्रा जान्छन् । सक्नेहरु हिमालसमेत चढ्छन् । काठमाडौँ, पोखरा र चितवन घुम्छन् ।
“पदमार्गका कुनै विद्यालयमा शैक्षिक, खेलकुद सामग्री बाँड्ने र देखेको सहयोग गर्छन्, आलापोटमा भने विद्यालय भवन बनाउन सघाए,” प्रबन्ध निर्देशक शेर्पाले भन्नुभयो । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका शेर्पा कोरियन शिक्षकको यो समूह आउँदा नेपाल आइपुग्नुहुन्छ ।
आठ वर्षदेखि सो युनियनका १५० शिक्षक नेपाल आइसके । अर्को वर्षदेखि कम्प्युटर बाँड्ने, विद्यालय बनाउने र दुवै देशका विद्यार्थीबीच सांस्कृतिक भ्रमण आदानप्रदान गर्ने सोचमा रहेको टोली नेता जुङले राससलाई बताउनुभयो । भूकम्पपछि कोरियाली शिक्षकबीच आपतका नेपालीलाई केही ने कही सहयोग गर्ने छलफल चलेको उहाँहरुले बताउनुभयो ।
पर्यटकीयस्थल ठमेलमा डेढ दशकदेखि कोरियन खानाको ह्याङकुक सराङ रेष्टुरेण्ट चलाई रहनुभएका चीजमान गुरुङ र सुरज नामग्या वाङ्दी हिमाल आरोहण, पदयात्रा र सम्पदाक्षेत्रको भ्रमणमा कोरियनको आवागमन निकै उत्साहजनक रहेको बताउनुहुन्छ ।
“गाउँतिर सहयोग गर्ने चलन बढेकाले सांस्कृतिक आदानप्रदानसहित जनस्तरमा सम्बन्ध विस्तार भएको छ,” उहाँहरुले भन्नुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया