हलिउडका पहिलो पिरती साटौलाको म्यूजिक भिडीयो क्यालिफोर्निया सम्पन्न

इनेप्लिज २०७२ माघ ५ गते १७:१९ मा प्रकाशित

12575802_10205550853239595_377208594_n

टेक्सास जनवरी १९/

सरगम सञ्चार नेपाल प्रालीको प्रस्तुती रहेको गीति संग्रह कृपामा संग्रहीत पिरती साटौला बोलको गीतको म्यूजिक भिडीयो क्यालिफोर्नियामा छायांकन गरिएको छ । हलिउडका प्राबिधीक संगको सहकार्यमा बनेको म्यूजिक भिडीयोको छायांकन २० बर्ष हलिउडमा क्यामेरा चलाएका क्यामेरामेन जोन ले ब्लयाक म्याजीक फोर के क्यामेराले खिचेका हुन भने निर्देशन अमेरिकामा निर्देशन कोर्ष गरेका नेपाली यूवा सन्तोष न्यौपानेले गरेका हुन ।

12557148_10205531466594941_1665074525_o

म्यूजिक भिडीयोमा सिभिस क्षेत्री र प्रार्थना कार्कीले अभिनय गरेका छन । दुबैले अमेरिकामै अभिनय कोर्ष गरिरहेका छन । म्यूजिक भिडीयोमा श्रुति प्रसाई ,बिनायक गुरुङ्ग संगै अमेरिकी नागरिक एन्ने फिफिता र रोज हर्न स्टेनको पनि अभिनय छ । म्यूजिक भिडीयोमा हलिउडकै सिम्थीया पेपरको कोरीयोग्राफी रहेको छ । बसन्त बिवस आचार्यको शब्द श्रीकृण्ण बम मल्लको संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको गीतको म्यूजिक भिडियो तयार गर्नका लागि सम्पूर्ण कामको संयोजन हलिउडमा रहेर चलचित्र निर्माणमा ग्रयाजुएट गर्दै गरेकी नेपाली कृति शर्मा र समुन्द्र कार्कीले गरेको एल्बमका निर्माता किशन रेग्मीले बताएका छन ।’

12528011_10205531463834872_2004948264_n

छायांकनमा अमेरिका स्थित अर्वान करी नेपाली रेष्टुरेन्टका पुर्ण शेर्पाको बिशेष सहयोग रहेको थियो । भिडियो केहि दिनमै सार्बजनिक गर्ने तयारी भएको छ । कृपाका अन्य गीतहरुको पनि छिटटै म्यूजिक भिडियो बनाउने तयारी भैरहेको रेग्मीले बताएका छन ।

12511792_10205531466794946_146474934_n

कृपा एल्वमका अन्य गीतमा किशन रेग्मी, लोकराज अधिकारी,शरदचन्द्र काफ्लेको शब्द रचना रहेका छन । भने शिब परियार मोहन मन्जील र रिब्सन खाती क्षेत्री स्वर रहेको एल्वममा ठाकुर दुलाल, नरहरी प्रेमी लगाएतको संगीत रहेको छ ।

12506812_10205531466634942_248326737_n

प्रतिक्रिया