डार्लिङ हार्बरको शहरमा ‘डार्लिङ हार्बर’ !

इनेप्लिज २०७२ माघ ४ गते १३:५३ मा प्रकाशित

Darling-Harbar-4-768x512

सिड्नी । अष्ट्रेलिया बाहिरका पाठकहरूलाई राम्रोसँग थाहा थिएन निष्प्रभ सजीको उपन्यासको नाम किन डार्लिङ हार्बर रह्यो । कसैले सोचे शायद सजीले हार्बरलाई प्रिय मानेर डार्लिङ उपमा जोडे । डार्लिङ हार्बर सिड्नीको एउटा प्रसिद्ध ठाउँ हो ।

नेपालमा चर्चा बटुलिसकेको उपन्यास डार्लिङ हार्बरले बल्ल डार्लिङ हार्बरको शहर सिड्नीमा औपचारिक रुपमा पाठकहरू समक्ष उपस्थिति जनाएको छ । आज सिड्नीको कोग्रा स्कुल अफ आर्ट्समा साहित्य प्रेमीहरूको बाक्लो उपस्थितिमाझ कृतिको सार्बजनिकिकरण, अन्तक्र्रिया र पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली पत्र अष्ट्रेलिया र बाइ नेपाली बुक डट कम को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पाठकहरूले निकै उत्सुकता पूर्वक आफ्ना जिज्ञासाहरू लेखक निष्प्रभ सजी सामु राखेका थिए । पुस्तकको समिक्षकका रुपमा उभिएका सञ्जिब पाण्डे र कार्यक्रम उद्घोषक ऋषि आचार्यले अन्तक्र्रियाका लागि मध्यस्थ्यता गरेका थिए ।

कार्यक्रममा लेखकलाई शुभकामना दिने क्रममा सुजित सिग्देल, हर्ष गौतम र महेन्द्र पौडेलले लेखकले परदेशमा रहेर पनि निरन्तर साहित्य साधना गर्दै नेपाली साहित्यमा कृतिहरू थप्दै जानु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको बिषय भएको उल्लेख गरे ।

डार्लिङ हार्बर निष्प्रभ सजीको तेस्रो कृति हो । यस अघि उनका दुइ कविता संग्रह ‘भूपरिवेष्टित खुट्टाहरू’ र ‘इजलासमा लाहुरे फूल’ प्रकाशित छन् ।

Darling-Harbar (3) Darling-Harbar (2) Darling-Harbar (1)

 

प्रतिक्रिया