शुक्रबार, असार ११ २०७८
काठमाडौं ०९:४९
वासिङटन डिसी 00:04

वडा नं. १ विजयी

इनेप्लिज २०७२ माघ ४ गते १३:४४ मा प्रकाशित

IMG_2989

माघ ४, सोमबार

प्रथम पथरीशनिश्चरे नगर स्तरीय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वडा नं. १ विजयी भएको छ ।

IMG_3004

वडा नं. १ ले वडा नं. १० लाई शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा पहिलो हाफको १७ औं मिनेट र दोस्रो हाफको ५२ औं मिनेटमा साइमन लिम्बूले गोल गरेका थिए । त्यसपछि वडा नं. १ कै देवराज गुरुङले ३७ औं मिनेटमा १ गोल गरे । प्रतियोगितामा वडा नं. १० ले धेरै अवसरहरु सृजना गरे पनि गोलमा परिणत गर्न सकेनन् । खेलको म्यान अफ द म्याच विजेता टिमका २ गोलकर्ता साइमन लिम्बू घोषित भए । आजको खेल (मंगलबार) वडा नं. ३ र १५ बीच हुने आयोजकका सोनु थापाले सुझाए ।

प्रतिक्रिया