गैरआवासीय नेपाली संस्थाहरुको वेबसाइटको खोजलाई सरल पार्ने तथा समयको बचत गर्ने

इनेप्लिज २०७२ माघ ४ गते ११:४९ मा प्रकाशित

NRNN-Logo

गैर आवासीय नेपाली संस्थाहरुको वेबसाइट संजाल(एन्.आर्.एन्.एन्)

Non-Resident Nepali Website Networking (NRNN)

विश्वको अधिकांश राष्ट्रहरुमा गैरआवासीय नेपालीहरुको संगठन तथा संस्थाहरु रहेका छन् र तीमध्ये अधिकांशको आफ्नै वेबसाइट छन् । ती वेबसाइटहरुलाई कैयौँ व्यक्तिहरुद्वारा खोजी गरिने क्रममा केही भेटिन सक्छन्  र  केही भेटिन्न । आफ्नो अमुल्य समय लगाएर खोजी गरे पश्चात पनि खोजीकर्तालाई वेबसाइट भएन भएको थाहा नहुन सक्छ ।

तसर्थ यसरी अधिकांश राष्ट्रहरुमा रहेको गैरआवासीय नेपाली संस्थाहरुको वेबसाइटको खोजलाई सरल पार्ने तथा खोजीकर्ताहरुको समयको बचत गर्ने उद्देश्यले एन्.आर.एन्.एन् को शुरुवात गरिएको हो । यसले खोजिएको संस्थाको वेबसाइट भएको वा नभएको जानकारी समेत गराउँदछ l वेबसाइट नभएको अथवा वेबसाइटमा समस्या भएको संस्थाहरुसँग समन्वय गरी उक्त संस्थाहरुको लागी नयाँ वेबसाइट बनाउने वा भइरहेको वेबसाइट मर्मत गर्ने कार्यपनि गर्दछ  ।

कार्यविधिः

उपरोक्त कार्य गर्नको लागि एन्.आर्.एन्.एन्. ले आफ्नो छुट्टै वेबसाइट http://www.nrnn.org  निर्माण गरेको छ l र यसले त्यस अन्तर्गत  देश, प्रान्त, शहर र  विमानस्थलहरुको आधारमा विभिन्न  सह–वेबसाइटहरु बनाउदछ l  ती सह–वेबसाइटहरु लाईसम्बन्धित गैर आवासीय संस्थाहरुको वेब साइट तर्फ रि डाइरेक्ट गर्दछ l यसो हुनाले खोजीकर्ताहरुले कुनै संस्थाको सहि युआर एल /डोमेन ठेगाना बिना नै ती संस्थाहरुको ठेगाना अर्थात ती संस्थाहरु रहेको देश, प्रान्त, शहर रनजिकैको विमानस्थलको को आधारमा वेबसाइट भेट्न सक्नेछन् । मात्र देशको छोटकरी नाम, शहरको नाम,प्रान्तको छोटकरी नाम वा विमानस्थलको  छोटकरी नामको पछाडी “nrnn.org”  टाइप गरेर खोजी गरेमा उनीहरुले आफूले चाहेको देश, शहर वा प्रान्तमा रहेको गैरआवासीय संस्थाको वेबसाइट भेट्न  सक्नेछन्  ।

यसले  मुख्य  रुपमा राष्ट्रिय, प्रान्तीय र शहरप्रमुख तथा नेपाली राजदुतावासहरुको वेबसाइटलाई आफ्नो संजालमा संलग्न गरेको छ ।

उदाहरणः

देशको आधारमा सहवेबसाइटः

चीनको  लागी सह–वेबसाइटcn.nrnn.org हुनेछ l जुन चीनको राष्ट्रिय गैर आवासीय संस्थाहरुतर्फ रिडाइरेक्ट हुन्छ । जस्तैः cn.nrnn.org टाइप गरेर खोजी गरेमा  चीनमा  अवस्थित  NRNA NCC CHINA र चीनको लागी नेपाली राजदुतावास (Nepali Embassy in China ) को वेबसाइट भेट्न सकिनेछ ।

प्रान्तको आधारमा सहवेबसाइटः

अष्ट्रेलियाको प्रान्त Victoria कोलागीसह–वेबसाइट vic.nrnn.org हुनेछ जुन उक्त प्रान्तको सम्पूर्ण गैरआवासीय संस्थाहरुतर्फ रिडाईरेक्ट हुन्छ । जस्तैः vic.nrnn.org टाइप गरेर खोजी गरेमा Victoria मा अवस्थित Nepali association in Victoria को वेबसाइट भेट्न सकिनेछ ।

शहरको आधारमा सहवेबसाइटः

क्यानडाको शहरToronto को लागी सह–वेबसाइट Toronto.nrnn.org हुनेछ l जुन उक्त शहरको सम्पूर्ण गैरआवासीय संस्थाहरु तर्फ रिडाइरेक्ट हुन्छ । जस्तैःToronto.nrnn.org टाइप गरेर खोजी गरेमा Toronto मा अवस्थित Nepalese Canadian community services (NCCS) को वेबसाइट भेट्न सकिनेछ ।

विमानस्थलको आधारमा सहवेबसाइटः

अमेरिकाको San Francisco ,California मा रहेको विमानस्थल,san Francisco airport(SFC) को लागी सह–वेबसाइट SFC.nrnn.org हुनेछ जुन उक्त विमानस्थल रहेको शहर र प्रान्तको सम्पूर्ण गैरआवासीय संस्थाहरुको वेबसाइटतर्फ रिडाइरेक्ट हुन्छ   । जस्तैः SFC.nrnn.org टाइप गर्दा उक्त विमानस्थल रहेको शहर र प्रान्तमा रहेको Nepalis and friends cultural Association (NAFCA) को वेबसाइट भेट्न सकिनेछ ।

नोटः

देशको र राजधानीको आधारमा भएको सह–वेबसाइटहरु सम्बन्धित देशकोराष्ट्रिय गैरआवासीय संस्थाहरुको वेबसाइटतर्फ मात्र रिडाइरेक्ट हुनेछ । नेपालको र काठमाडौँ शहरको नामको आधारमा भएको सह–वेबसाइट, np.nrrn.org र KTM.nrnn.org  गैरआवासीय नेपाली संगठन (Non-Resident Nepali Association ) को वेबसाइट, (nrna.org.) तर्फ रिडाइरेक्ट हुनेछ  ।

करिब ७० अमेरिकी र ८५ अन्य देशहरुमा रहेको गैरआवासीय संस्थाहरुको वेबसाइट एन्.आर्.एन्.एन्  मार्फत रिडाइरेक्ट  भइसकेका छन्   ।

प्रतिक्रिया