स्वाथ्य चौकीहरुको भौतिक संरचना नहुँदा समस्या
भीमदत्तनगर, ४ माघ । उपस्वास्थ्य चौकीहरुको स्तरोन्नति गरेर स्वास्थ्य चौकी बनाइएको एक वर्ष वितिसक्दा पनि कञ्चनपुरका स्वास्थ्य चौकीको भौतिक संरचना बन्न नसक्दा समस्या भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार यहाँको बेलौरी नगरपालिकाको लक्ष्मीपुर र रामपुर, पुनर्वास नगरपालिकाको कालिका र झलारीपिपलाडीको पीताम्बर उपस्वास्थ्य चौकी गत वर्ष स्तरोन्नति गरी स्वास्थ्य चौकी बनाइएका थिए ।
“उपस्वास्थ्य चौकीहरुको स्तरोन्नति गरी कर्मचारीको सङ्ख्यामा पनि वृद्धि गरी सेवा थपिए ।” जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत हेमराज जोशीले भन्नुभयो – “स्वास्थ्य चौकीहरुको भौतिक संरचना नथप्दा सेवा दिन बाधा उत्पन्न हुने गरेको छ । स्वास्थ्य चौकी बनेपछि सुरक्षित प्रसूति र प्रयोगशाखा सेवा पनि थपिएको उहाँले बताउनुभयो ।
“हाम्रो क्षेत्रीयस्तरको समीक्षा बैठकमा पनि यस विषयमा छलफल हुँदै आएको छ ।” सूचना अधिकृत जोेशीले भन्नुभयो ।
स्तरोन्नतिसँगै स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टसहित सातजना कर्मचारी रहेका छन् । चार लाख ९९ हजार जनसङ्ख्या रहेको कञ्चनपुरमा तीनवटा स्वास्थ्य केन्द्र र १९ वटा स्वास्थ्य चौकी रहेका छन् । “जनसङ्ख्याका आधारमा एउटा स्वास्थ्य संस्थाको भागमा २३ हजार ८०० व्यक्तिको सेवा दिनुपर्ने अवस्था छ ।” जोशीले भन्नुभयो – “सेवाग्राहीको चापअनुसार स्वास्थ्य संस्थाको सङ्ख्या पनि कम भयो ।”
“सप्तरी जिल्लामा मात्रै ११४ वटा स्वास्थ्य संस्था छन् ।” उहाँले उदाहरण दिँदै भन्नुभयो – “सोहीअनुसार जनसङ्ख्या भएका कञ्चनपुरमा २१ वटा स्वास्थ्य संस्थाले काम सञ्चालन गर्नुपरेको छ ।”
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया