भूकम्प प्रतिरोधी भवन बन्ने

इनेप्लिज २०७२ माघ ४ गते २:०१ मा प्रकाशित

पोखरा, ४ माघ । कास्कीको पूर्वी भेग घाचोक गाविसस्थित जनकल्याण उच्च माविको लायन्स क्लब अफ पोखरा, फेवा लेकसिटीको सहयोगमा रु २७ लाखको लागतमा भूकम्प प्रतिरोधी चारकोठे पक्की भवन निर्माण हुने भएको छ ।

गत वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगी पठनपाठनमा समस्या देखिएपछि जापानमा रहेका क्लबका सदस्य छमप्रसाद खत्रीको सक्रियतामा निर्माणका लागि उक्त रकम सङ्कलन गरिएको हो ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लायनका चिफ एरिया कोअर्डिनेटर तीर्थलाल श्रेष्ठ र क्लबका अध्यक्ष कृष्ण आचार्यले संयुक्त रुपमा निर्माणाधीन भवनको शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी सुवेदी, व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङ, कार्यक्रम संयोजक धु्रव भट्टराई, लायन कृष्ण केसी, लायन छविलाल शर्मालगायतले निर्माणाधीन भवन विद्यालयको शैक्षिक गतिविधि सञ्चालनका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया