वीरगञ्जबाहेक सबै नाका खुल्यो, वीरगञ्ज पनि ५ गतेबाट खुल्ने !
काठमाडौं, २ माघ । मधेशी मोर्चाको अवरोध हटेपछि वीरगञ्जबाहेक सबै नाका यथावत रुपमा संचालनमा आउन थालेको छ । तराईमा आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन हुने गरी प्रमुख तीन दलले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश गरेपश्चात नाकामा जारी अवरोध हट्न थालेको हो । अब देशकै ठूलो बीरगञ्ज नाकामात्र खुल्न बाँकी छ । वीरगञ्ज पनि माघ ५ गतेबाट खुल्ने सम्भावना रहेको मधेशी दलका नेताहरुले संकेत गरेको शनिबार मधेशी मोर्चासँग वार्तामा बसेका नेकपा एमालेका एक नेताले दैनिक नेपाललाई बताए । माघ ५ गतेभित्र मोर्चासँग सहमति गरी संशोधन विधयेक पारित गर्ने प्रमुख दलको निर्णयानुसार भारतले नाकाबन्दीलाई पनि खुकुलो पार्न थालेको हो । अहिले संसदमा संशोधन प्रस्ताव पेस भएपछि मधेसी मोर्चाका कार्यकर्ताले पनि नाकामा धर्ना दिन छाडेका छन् भने आयातमा पनि भारतीय पक्षबाट कुनै रोकावट छैन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार, वीरगञ्जबाहेक भारतबाट आयात हुने काँकडभिट्टाको मेची नाका, बिराटनगरको जोगबनी नाका, भैरहवाको बेलहिया–सुनौली नाका, नेपालगञ्जको रुपैडिया नाका र कैलालीको त्रिनगर–गौरीफन्टा नाकाबाट इन्धन लगायतका सामग्री बोकेका गाडीहरु धमाधम नेपाल भित्रिइरहेका छन् । नेपाल–भारत सीमा क्षेत्रका भन्सारले पनि निर्वाध रुपमा इन्धन, औषधि लगायतका बस्तु बोकेका मालवहाक गाडीहरु नेपाल भित्रिरहेछन् । संशोधन विधेयक पेस हुनु अगाडि यी नाकामा पनि मधेसी मोर्चाका कार्यकर्ताले धर्ना दिइरहेका थिए । पछिल्लो तीन हप्ता यता यी नाकामा न त धर्नाकारीको अवरोध छ न त भारतीय पक्षको । आवत जावत सामान्य छ । यता वीरगञ्ज नाकामा अलपत्र साढे तीन सय ग्यास बुलेटलाई भने रि–रुट गरेर नेपाल ल्याउन नेपाल आयल निगमले तयारी गरेको छ । आगामी पाँच गतेभित्र मधेशी मोर्चासँग सहमति जुट्ने भए पनि भारतीय भूमिका कस्तो हुन्छ, त्यसमैको प्रतिक्षामा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय पनि बसेको छ ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया