अमेरिका नेपाल शिक्षा सदनले भर्जिनिया मनाससमा बिद्यालय संचालन गर्ने

इनेप्लिज २०७२ माघ २ गते १७:१६ मा प्रकाशित

FotoFlexer_Photo

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपाल परिचय सम्बन्धि मुख्य लक्ष्य लिएर बिद्यालय संचालन गर्ने भएका छन् l

स्थापना काल देखि नै निकै उल्लेखनीय काम गर्दै आएको डिसी महानगर क्षेत्रको मनासस क्षेत्रमा स्थापित गैर मुनाफा सामाजिक संस्थामा अमेरिका नेपाल सहयोगी समाजको बिशेष पहलमा नेपाली पाठशाला संचालनमा आउने भएको छ l

आगामी फेब्रुअरी १ तारिख देखि कक्षा संचालन गरिने भएको छ भने अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने उत्तरदायित्व लिएको जानकरी संस्थाका संस्थापक तथा समाज सेवी मधु पन्थीले बताएका छन् l

आगामी फेब्रुअरी १ तारिख देखि कक्षा संचालन गरिने भएता सरस्वती पूजा / श्री पंचमीको पावन अवसरमा उद्घाटन गरिने भएको छ l उक्त समुद्घाटनमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की तथा भर्जिनियामा रहेका महत्वपूर्ण व्यक्तित्वलाई निमन्त्रणा गरि सकिएको बताईएको छ l जानकारी अनुसार प्रारम्भिक चरणमा बिबिध बिषयमा पढ़ईने भएता पनि अतिरिक्त क्रियाकलाब अलिक पछाडी गरिने जानकारी पन्थीले दिएका छन् l

पाठशाला सुरु हुनु अगावै करिब ६० जना बिद्यार्थीले दर्ता गरी सकेका छन् भने उक्त बिद्यार्थीहरुलाई पढाउन नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले पढाउने भएका छन् l

फेब्रुअरी १ तारिख देखि नै एकै चोटी ५ वटा कक्षा संचालन हुने र ५ वटै कक्षा संचालन बिबिध बिषयमा गरिने भएको छ lपाठशालामा ३ जना शिक्षक वैतनिक हुने छन् भने २ जना अवैतनिक (स्वयम् सेवक)मा काम गर्ने भएका छन् lनेपाली बिधार्थीलाई पढाउने सन्दर्भमा नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षक पनि रहेका छन् भने पाठ्यक्रम पनि नेपालको सरकारी तथा निजि बिध्यालयका पाठ्यक्रमका पुस्तक नै झिकाईएको छ l

हाल ७५ थान पुस्तक झिकाइने र नेपालका युकेजी देखि ३ सम्म का पाठयक्रम अनुसार पढाईने भएको छ l अमेरिकनका बालबालिकाले पनि नेपाली सिक्न आउने चासो देखाएकोले उनीहरुलाई पनि सिकाइने भएको छ l संस्थाका संस्थापक मधु पन्थीले अनुसार नेपाली बिद्यार्थीलाई मनाससमा रहेको बिद्यालयमा नै अध्यापन गराउने चाजो मिलाईएको बताएका छन् l

प्रतिक्रिया